मङ्गलसेन ३ कुटीमा जारी शिवपुराण महायज्ञकाे चाैथाे दिन: विभिन्न व्यक्तिहरु द्वारा १ लाख ३८ हजार बढी दान सहयोग



अछाम:

नर्मदेश्वर शिवालय क्षेत्र मंगलसेन ३ कुटीमा सञ्चालित शिव महापुराण महायज्ञको चाैथाे दिन साेमबार विभिन्न गतिविधिहरु भएका छन । महायज्ञको दैनिक पुजापाठ लगायत दिवासत्रको कथावाचन संगै विभिन्न व्यक्तिहरुले दान सहयोग समेत गरेका छन ।
जसमा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहराले १५ हजार ५ सय ५५ रुपैयाँ दान गर्नुभएको छ । यस्तै ५ हजार भन्दा बढी नगद दान सहयोग गर्नेहरुमा मङ्गलसेन नगरपालिका १ निवासी लक्ष्मी साउद, वडानम्वर ३ निवासी बसु बिष्ट, पशुपति बिष्ट, पशुपति साउद लगायत दानबिर दाताहरुलाई प्रमुख कथाबाचक पण्डीत मदनराज उपाध्यायले सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
चाैथाे दिन जम्मा १ लाख ३८ हजार २ सय ३रुपैयाँ बराबरको सहयोग प्राप्त भएको मुल आयोजक समितिका सचिव कर्ण बहादुर धामीले जानकारी दिनुभयो ।
नरमदेश्वर शिवालय क्षेत्रमा नन्दी भैरव मन्दिर स्थापना, संरचना निर्माण र धार्मीक तथा पर्यटकीय विकास संगै नर्मदेश्वर शिवालय क्षेत्रलाई धामको रुपमा विकास गर्ने उदेश्यले सञ्चालित शिवपुराण महायज्ञमा उपस्थित भई अमृत रुपी कथा श्रवण गरिदिन र सक्दो दान सहयोग गरि पुण्य प्राप्ती गर्नहुन सम्पूर्ण श्रदालु भक्तजनहरुमा मुल आयोजक समितिले अनुरोध गरेको छ ।
महायज्ञमा हरेक दिन बिहान ५ देखि ६ बजे सम्म योग ध्यान, ६ देखि ९ बजेसम्म दैनिक पुजा, ९ देखि ११ बजेसम्म मुलपाठ, १२ देखि ४ बजेसम्म कथा प्रवचन, ४ देखि साढे ४ बजेसम्म आरती समापन र सन्धयाकालिन कथा प्रवचन साँझ ७ देखि १० बजेसम्म हुने कार्यतालिका रहेको छ ।
बैशाख १९ गते शुक्रबारबाट सुरु भई बैशाख २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथाबाचक पण्डित मदनराज उपाध्यायले पुराण वाचन गरिरहनुभएको छ ।
