मङ्गलसेन नगरपालिकाको नौलो अभियानः हालसम्म १९ वटा कुकुरको स्थायी बन्ध्याकरण गरियो

अछामः मङ्गलसेन नगरपालिकाले छाडा तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । नगरपालिका पशुसेवा शाखा मार्फत छाडा कुकुरहरुको संख्या व्यवस्थापन तथा रेबिज नियन्त्रणका लागि यहि बैशाख २ गतेबाट बन्ध्याकरण अभियान सञ्चालन गरेको हो ।

Samajik New Add 2082

हालसम्म मङ्गलसेन बजार क्षेत्रका छाडा कुकुर १७ वटा र २ वटा घरपालुवा गरि १९ कुकुरको स्थायी बन्ध्याकरण गरिएको जनाईएको छ । पशुसेवा शाखा प्रमुख डाक्टर बाल कुमार शाह नेतृत्वको पशु स्वास्थ्य प्राविधिकहरुको टिमले नगरपालिकामै निरन्तर रुपमा कुकुर बन्ध्याकरण कार्य गरिरहेको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत छाडा कुकुर बन्ध्याकरण कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिएको जनाईएको छ ।

औषधि र अन्य सामग्री व्यवस्थापन तथा सुरक्षाका दृष्टिकोणले हाललाई नगरपालिका कार्यालयमै बन्ध्याकरण गर्ने गरिएको नायव पशुसेवा प्राविधिक दुर्गा प्रसाद जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा न्यूनतम १०० वटा छाडा कुकुरहरुमा स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ ।

कुकुर बन्ध्याकरण अभियानमा पशुसेवा शाखा प्रमुख डाक्टर बालकुमार शाह सहित पशु स्वास्थ्य प्राविधिक नेत्र बहादुर कठायत, नायव पशुसेवा प्राविधिक दुर्गा प्रसाद जैसी, शिवराज ढुंगाना, नायव पशु स्वास्थ्य प्राविधिक खेमराज खनाल, रबिन्द्र केसी, मिन बहादुर थापा, असोक बोहरा लगायतको टोलि खटिएको छ ।

कुकुर बन्ध्याकरण अभियान पश्चात कुकुरको टोकाईबाट हुने रेबिज रोगको जोखिम न्यूनिकरणमा टेवा पुग्ने विश्वास लिईएको छ । बन्ध्याकरण पश्चात उत्पादन कम हुने र रिसाहापन कम हुने हुदा घरपालुवा कुकुरहरुलाई पनि नगरपालिकामा ल्याएर स्थायी बन्ध्याकरण गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.