मंगलसेन ३ कुटीमा जारी शिव महापुराणको १० औं दिनः पुराण वाचन संगै विभिन्न व्यक्तिहरुद्वारा दान सहयोग

Purnima Mobile
Kirci Gyan Kendra

यहि बैशाख १९ गतेबाट मंगलसेन ३ कुटीमा सञ्चालित शिव महापुराणको १० औं दिन पुराण वाचन संगै विभिन्न व्यक्तिहरुद्वारा दान सहयोग गरेका छन । महायज्ञको १० औं दिनसम्म आईपुग्दा १० हजार भन्दा बढी दान गर्ने दाताहरुलाई मुल आयोजक समितिले सम्मान सहित प्रमाणपत्र बितरण गरिएको हो ।

Samajik New Add 2082

प्रमुख कथाबाचक पण्डीत मदनराज उपाध्याय र कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिका ५ का वडा अध्यक्ष तथा ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी लगायतले दान दाताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा वडानम्वर १२ का अध्यक्ष खगेन्द्र बहादुर रावल र १४ का अध्यक्ष शिव बहादुर सोडारी लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रममा करिब १ लाख ५० हजार बढी नगद दान संकलन भएको छ भने वडा नम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाटले वडाबाट आगामी आर्थिक वर्षमा १ लाख ५० हजार बजेट बिनियोजन गर्ने तथा ३ का अध्यक्ष बिर्ख बहादुर बोगटीबाट १ लाख बिनियोजन गर्ने घोषणा भएको थियो ।

Mellekh RM1
Saud Agro Kailash

नरमदेश्वर शिवालय क्षेत्रमा नन्दी स्थापना, भैरव मन्दिर निर्माण, अन्य भौतिक संरचना निर्माण र धार्मीक तथा पर्यटकीय विकास संगै नर्मदेश्वर शिवालय क्षेत्रलाई धामको रुपमा विकास गर्ने उदेश्यले सञ्चालित शिवपुराण महायज्ञमा उपस्थित भई अमृत रुपी कथा श्रवण गरिदिन र सक्दो दान सहयोग गरि पुण्य प्राप्ती गर्नहुन सम्पूर्ण श्रदालु भक्तजनहरुमा मुल आयोजक समितिले अनुरोध गरेको छ ।

महायज्ञमा हरेक दिन बिहान ५ देखि ६ बजे सम्म योग ध्यान, ६ देखि ९ बजेसम्म दैनिक पुजा, ९ देखि ११ बजेसम्म मुलपाठ, १२ देखि ४ बजेसम्म कथा प्रवचन, ४ देखि साढे ४ बजेसम्म आरती समापन र सन्धयाकालिन कथा प्रवचन साँझ ७ देखि १० बजेसम्म हुने कार्यतालिका रहेको छ ।

बैशाख १९ गते शुक्रबारबाट सुरु भएको शिव महापुराण ज्ञान महायज्ञ सोमबार एक समारोहका विच समापन गरिने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.