मङ्गलसेन नगरपालिकामा युवा नितिको अवस्था तथा युवा केन्द्रित बजेट निर्माण सम्बन्धी अन्तर सम्वादः युवा लक्षित बजेट आउने नगर प्रमुख बोहराको भनाई



टेक बहादुर थापा : मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले युवा लक्षित बजेट विनियोजन गर्न कञ्जुसाई नगर्ने प्रतिबद्धता जनाउनु भएको छ । अहिले आफुहरु बजेट निर्माणकै चरणमा रहेकाले यसपालिको बजेटमा युवालाइ प्राथमिता दिने प्रतिबद्धता जनाउनु भएको हो ।
वाक नेपालको समन्वयमा नगरपालिकाले आयोजना गरेको युवा नितिको अवस्था तथा युवा केन्द्रित बजेट निर्माण सम्बन्धी अन्तर सम्वाद कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले गत वर्ष पनि युवा लक्षित बजेटको दायरा विगतका वर्षहरु भन्दा बढाएको र आगामी वर्ष थप बढाएर लैजाने नगर प्रमुख बोहराको भनाई छ । नगरपालिकाले पारित गरेको युवा निति अनुसार नै आफुहरु अघि बढेको भन्दै नगर प्रमुख बोहराले युवाहरु पनि लगनशिल र सृजनशिल हुन आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकार संग सिमित स्रोत साधन हुने भएकाले युवाका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसक्दा युवाहरुको चाहाना बमोजिम काम गर्न नसकेको तर भएको स्रोत साधनको उपयोग गर्ने पक्षमा नगरपालिका रहेको उहाको भनाई छ । आज युवाहरुमा निराशा थपिएकोमा चिन्ता व्यक्त गर्दै नगर प्रमुख बोहराले युवाहरुले पनी नकारात्मक कुरालाइ मात्र स्थान दिनुभन्दा पनी सकारात्क सोच राखेर उद्यमशिलतामा जुट्न आग्रह गर्नुभएको छ । युवा वर्ग भनेको समाजको पिल्लर भएकाले युवाहरु गलत बाटोमा हिडे समजा नै गलत बाटोमा अघि बढ्ने भएकाले यस तर्फ सचेत हुदै यही ठाउँमा केही गर्छु भन्ने योजना बनाउनुपर्ने बताउनुभयो । गाउँठाउमा हुने हरेक गतिविधिमा युवाहरुले अर्थपुर्ण सहभागिता जनाउनुपर्ने र विकृति विसंगतीका विरुद्ध आवाज उठाउन समेत आग्रह गर्नुभयो । युवाहरु अधिकार खोज्ने तर आफ्नो कर्तव्य बिर्सर्दै गएको तर्फ संकेत गर्दै नगर प्रमुख बोहराले युवा जागे मात्रै देश जाग्ने विश्वाश व्यक्तगर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख संगिता रावल सोडारीले महिला युवाहरुका लागि नगरपालिकाले विषेश कार्यक्रम संचालन गरेको दाबी गर्नुभएको छ । महिला युवाहरुलाई लक्षित गर्दै घरेलु तथा साना उद्योग कार्यालय अछाम संग समन्वय गर्दै विभिन्न किसीमका सिपमुलक तालिम दिएको बताउनुभयो । महिलाहरु उद्यमशिल बने उसको परिवार पनी उद्यमशिल बन्ने भएकाले महिलाहरुलाई आत्म निर्भर बनाउने खालका कार्यक्रमहरु संचालन गरेको उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले नगरपालिकाले गत वर्ष नै युवानिति पारित गर्दै पालिकामा रहेका १४ वटै वडामा युवा लक्षित कार्यक्रम संचालन जानकारी गराउनुभएको थियो । गत वर्ष पनी युवाहरु संग यस्तै अन्तर सम्वाद कार्यक्रम संचालन गरि युवाका सवालका बारेमा छलफल गरिएको र सोही छलफलका आधारमा बजेट विनियोजन गरि गतिविधि भईरहेको अधिकृत सोडारीले बताउनुभयो । युवाहरु मेहनती र लगनशिल नभईदिदा संचालन गरेका कतिपय कार्यक्रम प्रभावरी नभएको भन्दै उहाले युवाहरुमा अपनत्व हुन आवश्यक रहेको बताउनुभएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि मंगलसेन नगरपालिकाले थुप्रै गतिविधि गरेको बताउनुभयो । युवा हरुलाई लक्षित गर्दै खेल क्षेत्र मात्र नभई अन्य गतिविधिमा समेत युवाहरुको अर्थपुर्ण सहभागिता गराउने गरेको शाखा प्रमुख रावलको भनाई थियो ।
अन्तर सम्वाद कार्यक्रममा बोल्दै वाक नेपाल पावर परियोजनाका कार्यक्रम संयोजक महादेव ओझाले युवाहरु आफै नजागे सम्म युवाहरुको विकास सम्भव नहुने बताउनुभएको छ । युवाहरु गुनासो मात्रै गर्ने तर आफ्नो जिम्मेवारी केहो भन्ने तर्फ सचेत नहुदा सरकार र युवाहरु विचको दुरी बढेको कार्यक्रम संयोजक ओझाको भनाई छ । सानो लगानी बाट पनि राम्रो व्यवसाय गर्न सकिने भन्दै उहाले युवाहरुले सबैभन्दा पहिले आफ्नो योजना क्लियर गर्नुपर्नेमा सुझाव दिनुभएको छ ।
जिल्ला युवा संजाल अछामका अध्यक्ष कमल कुमार रावल र पालिका स्तरिय युवा संजालका अध्यक्ष जगत भण्डारीले युवाहरु सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ समाज परिवर्तनका संवाहक युवाहरु विभिन्न किसीका कुलतमा फस्ने गरेकोमा चिन्ता व्यक्त गर्दै युवाहरुलाई बजेट संग संगै आवश्क परामर्शको समेत आवश्यक्ता रहेको बताउनुभयो । आगामी दिनमा युवाको नेतृत्व गर्दै पालिकामा युवाहरुका सवालका विषयमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । पालिकामा रहेका माध्यामिक विद्यालयहरुमा व्यवहार परिवर्तन सम्बन्धीका कार्यक्रमहरु संचालन गरि युवाहरुलाई यही ठाउमा रोक्ने प्रयास गर्न सुझाव दिनुभएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश युवाहरुले स्थानीय सरकारले युवालाई व्यवसायमा जोड्ने कार्यक्रम ल्याउनुपर्ने र केही गर्ने सोच भएका युवाहरुलाई छनौट गर्नुपर्नेमा जोड दिएका छन । मंगलसेन नगरपालिका वडा न ७ की किशोरी जानकी जैशीले यस्ता अन्तर सम्वाद कार्यक्रमहरु वडा तह सम्म लैजान आवश्यक रहेको बताउनुभएको छ । पालिका स्तरमा वर्षको एक पटम मात्र नभई वडा तहम पनि यस्ता कार्यक्रम संचालन गरि वडा तहका युवाहरुको नेतृत्व व्यक्तित्व विकासमा जोड दिनुपर्ने बताउनुभयो । अहिले पनि पालिकामा धेरै युवाहरु समस्या रहेको र केही गर्न चाहाने युवाहरु अवसर बाट बञ्चित हुने गरेको भन्दै यस तर्फ स्थानीय सरकारले सबैभन्दा बढी जिम्मेवार हुन आवश्यक रहेको उहाको भनाई रहेको छ । जैशीले भन्नुभयो नगरपालिकाले वर्षेनी युवाहरुलाई तालिम दिने तर तालिम लिएकाहरु कति जनाले व्यवसाय संचालन गरे यस बारेमा सबैभन्दा बढी ध्यान दिन जरुरी रहेको उहाले बताउनुभयो ।
मंगलसेन नगरपालिकाको आयोजना, सेभद चिल्ड्रेनको आर्थिक सहयोग र वाक नेपालको समन्वयमा सम्पन्न भएको कार्यक्रमको संचालन नगरपालिकाका संघ संस्था फोकल प्रर्सन होम बहादुर साउदले गर्नुभएको थियो । विभिन्न वडाका २५ जना बढी युवाहरुको सहभागिता रहेको अन्तर सम्वाद कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको हो ।
