मंगलसेन ६ की भूमिसराले ८० वर्षमा पाइन नागरिकता

धनगढी : अछामको मंगलसेन नगरपालिका–६ की ८० वर्षीय वृद्धाले नागरिकता पाएकी छन्।

Samajik New Add 2082

भूमिसरा भण्डारीले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन्।

नेपालको कानुनमा १६ वर्षमा नागरिकता प्राप्त गर्ने प्रावधान रहेको छ। तर, भण्डारीले ८० वर्षको उमेरमा नागरिकता पाएकी हुन। अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले भन्डारीलाई नागरिकताको प्रमाणपत्र दिएका छन्।

सानै उमेरमा विवाह गरेर श्रीमानसँगै रोजगारीको सिलसिलामा भारत गएकी उनको ८० वर्षको उमेरपछि मात्रै माइती पत्ता लागेको थियो। माइती पत्ता लागेपछि माइतीको तर्फबाट आवश्यक कागजात सङ्कलन गरेर नागरिकता दिइएको हो। वृद्ध अवस्थामा नागरिकता पाएको भन्दै उनले खुसी व्यक्त गरेकी छन्।

-dineshkhabar

Leave A Reply

Your email address will not be published.