प्रहरीको सचेतनामुलक कार्यक्रम षोडशा माविमा सम्पन्न

षोडशा देवि माध्यमिक विद्यालय मंगलसेनमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

Samajik New Add 2082

जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष झंकर प्रसाद भाटको अध्यक्षतामा सुरु भएको थियो ।

सचेतना मुलक कार्यक्रमलाई सहजिरकण गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वालबिबाहको परिचय, वालविवाहको असर, कानूनी कारवाही, बहुबिबाह, बहुविवाह गरेमा वा गराएमा हुने कानूनी सजाय, यौन दुर्व्यवहार, यौन दुर्व्यवहार गरेमा हुने सजाय, घरेलु हिंसा, घरेलु हिंसा गरेमा हुने कानूनी सजाय तथा छाउपढी प्रथा न्युनिकरणका उपायहरु र कानुनी व्यवस्था सम्बन्धमा सहभागीलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका अध्यक्ष विद्यालय व्यवस्थापन समिति झकर प्रसाद भाटले विद्यालय स्तरमा प्रहरी मार्फत हुने कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । आगामी दिनमा जिल्लाका अन्य सामुदायिक विद्यालयमा समेत निरन्तरता दिन आग्रह गर्नु भयो ।

विद्यालयका प्राचार्य बृकेश सिह बोगटी, अभिभावक, शिक्षक, विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा श्रव्यदृष्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.