मंगलसेनमा पावर परियोजनाको अर्धवार्षिक समिक्षा

वाक नेपाल संगको साझेदारीमा मंगलसेन नगरपालिकामा सञ्चालित पावर परियोजनाको अर्धवार्षिक समिक्षा तथा परियोजना सल्लाहकार बैठक सम्पन्न भएको छ । नगर उपप्रमुख संगिता कुमारी रावलको अध्यक्षता एवं नगर प्रमुख पदम बहादुर बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Samajik New Add 2082

कार्यक्रममा पावर परियोजना मार्फत नगरपालिकाको वडानम्वर ३, ४, ५, ६ र ७ मा भए गरेका क्रियाकलापहरुको बारेमा जानकारी सहित समिक्षा गरिएको थियो । परियोजना मार्फत युवा उद्यमशिलता, सिप विकास तालिम र शैक्षिक गुणस्तर अभिवृद्धिका क्षेत्रमा सञ्चालित क्रियाकलापहरुबारे जानकारी दिईएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बोहराले संस्था मार्फत सञ्चालित क्रियाकलापहरुले युवाहरुमा सिप संगै उर्जा भरेको बताउनुभयो । सिकेको सिप र तालिमलाई व्यवहारिक जीवनमा प्रयोगमा नल्याँउदा प्रगति हुन नसकेको उहाँको भनाई छ ।

कार्यक्रममा परियोजना सञ्चालित वडाका वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुमिनन्द ढुंगाना, प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी सहित विषयगत शाखाका प्रमुख, युवा उद्यमी लगायतको उपस्थिति रहेको थियो ।

सेभ द चिल्ड्रेनका मतिलाल ढकालले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा पावर परियोजनाका परियोजना संयोजक महादेव ओझाले समिक्षात्मक प्रस्तुतीकरण राख्नुभएको थियो भने सञ्चालन म‌गलसेन नगरपालिका संघ संस्था समन्वय शाखा प्रमुख होम साउदले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.