
स्वास्थ्य चौकी कालागाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्यचाैकी कालागाउकाे आयोजना र १४ नम्बर वडा कार्यालयकाे सहयोगमा शिविर सम्पन्न गरिएको हाे ।

शिविरमा ६४ जना महिला, २२ जना पुरुष गरि जम्मा ८६ जनाले सेवा लिएका छन । जसमा १२ जनाले ल्याव सेवा, ४८ जनाले भेडियो एक्स रे सेवा समेत पाएकाे वडानम्वर १४ का अध्यक्ष शिव बहादुर साेडारीले बताउनुभयो ।

उक्त शिविरमा जिल्ला अस्पतालका डा.कृष्ण बहादुर सोडारी, हेल्थ असिस्टेन्ट संतोष कुवर, भिडियो एक्सरेमा अ्मेरिकन नागरिक डाक्टर ईभान लगायतका स्वास्थ्य चाैकी कालागाउका कर्मचारीहरूले सेवा दिएका थिए ।
शिविरमा झण्डै ५० हजार बराबरको नि:शुल्क वितरणको लागि डा. कृष्ण बहादुर साेडारी र जीवन चन्द सोडारिले समन्वय गर्नुभएको स्वास्थ्यचाैकी कालागाउका ईञ्चन्चार्ज मान बहादुर साेडारीले जानकारी दिनुभयो । शिविरमा अमुल्य समय दिई सहयोग गरेकोमा स्वास्थ्यचाैकीकाे तर्फबाट डाक्टरहरु र सवै स्वास्थ्यकर्मीलाई उहाले धन्यवाद समेत दिनुभयो ।



