किशोरी तथा महिलामाथि हुने दुर्व्यवहार बिरुद्ध गाउँपालिका कडा रुपमा लाग्छ: ढकारी उपाध्यक्ष शाही

चन्द्र बहादुर थापा : ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाहीले किशोरी तथा महिलामाथि हुने अन्याय, हिंसा तथा दुव्यवहार बिरुद्ध गाउँपालिका कडा रुपमा लाग्ने बताउनु भएको छ । ईको हिमाल नेपाल र ढकारी गाँउपालिकाको साझेदारीमा संचालित “लैङिगकमैत्री हिमालयन विद्यालय परियोजना” अन्र्तगत पालिकाका विभिन्न १५ विद्यालयहरुको सक्रियतामा गठित वेतान कर्णाली किशोरी संजाल ढकारीको आयोजनामा भएको किशोरी यौन तथा प्रजनन शिखर सम्मेलनमा प्रमुख अतिथिको आशनबाट बोल्दै उपाध्यक्ष शाहीले हिंसा सहेर नबस्ने किशोरीहरुलाई आग्रह समेत गर्नुभयो ।

Samajik New Add 2082

ढकारी गाँउपालिका भित्ररहेका मा.वि. र आधारभूत विद्यालयहरुमा अध्ययनरत किशोरीहरुको प्रतिभा प्रस्तुत र नेतृत्व विकासमा सघाउ पुरयाउने उद्देश्यका साथ आयोजित “किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि” शिखर सम्मेलनमा बोल्दै किशोरी सञ्जालका संरक्षक समेत रहनु भएकी उपाध्यक्ष शाहीले यस क्षेत्रका महिला तथा किशोरीका समस्या समाधानका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

ईकाे हिमाल नेपालले तुर्माखाँद र ढकारी गाउँपालिकामा गरिरहेकाे काम श्रहानीय रहेकाे पनि उपाध्यक्ष शाहीकाे भनाइ छ । वडा तथा पालिकाले गर्नुपर्ने काममा सघाएर राम्रो काम गरेकाे उहाँले बताउनु भयो ।

किशोरी सञ्जालका अध्यक्ष ललिता कुमारी चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै विद्यालयका किशोरीहरुले सडक नाटक, डेउडा गीत, न्याउले खेल, कविता, वक्तृत्वकला लगायतका प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

विभिन्न प्रस्तुती मार्फत किशोरीहरुले बाल विवाह अन्त्य, छाउपडी कुप्रथा, छुवाछुत अन्त्य, यौन तथा प्रजनन स्वास्थ्य लगायतका विषयमा जनचेतना मूलक सन्देश दिनुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष कर्ण बहादुर साउँद, वडा नम्बर ७ का अध्यक्ष राम बहादुर थापा, विभिन्न गाउँ कार्यपालिका सदस्य, नेकपा माओवादी केन्द्रका नृप बहादुर थापा, एकीकृत समाजवादीका नवराज साउँद, नेपाल शिक्षक महासंघ अछामका उपाध्यक्ष बद्री प्रसाद रिमाल, १५ वटै विद्यालयका श्रोत शिक्षक, ईकाे हिमाल नेपालका कृषि प्राविधिक वीरेन्द्र चन्द, सामाजिक परिचालक हरिश थापा, नेविसंघका केन्द्रीय सदस्य धिरेन्द्र कुँवर, जिल्ला बाल सञ्जालका महासचिव लोचन कुँवर लगायतको सहभागिता रहेको थियो ।

ईको हिमाल नेपालका जिल्ला कार्यक्रम अधिकृत लक्ष्मी केसीले कार्यक्रमको उदेश्यबारे जानकारी गराउनु भएको थियो । उहाँले ईको हिमाल नेपालले किशोरीहरुलाई शशक्त पार्दै उनीहरु मार्फत विभिन्न विकृति तथा विसंगती अन्तयका लागि काम गरिरहेको बताउनु भयो ।

विद्यालयमा शौचालय, खानेपानी, स्व आजिृत छात्रवृत्ति लगायतका काम गर्दै गुणस्तरीय शिक्षाको लागि समेत भूमिका खेलिरहेको बताउनु भयो ।

कार्यक्रमको सहजीकरण रेडियो रामारोशन एफएम तथा किशोरी सञ्जालका सचिव सुनिता कामीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.