मंगलसेनमा आइटी श्रोत शिक्षकहरुका लागि क्षमता विकास तालिम

Purnima Mobile
Kirci Gyan Kendra

टेकराज भण्डारी : मंगलसेन नगरपालिकामा आधारभूत तथा माध्यामिक तहका आइटी श्रोत शिक्षकहरुका लागि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

Samajik New Add 2082

नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत विद्यालय तथा अछाम बहुमुखी क्याम्पसका सूचना प्रविधि (आईटी) श्रोत शिक्षकहरुलाई क्षमता विकास तालिम दिईएको हो ।

Mellekh RM1

विज्ञान तथा प्रविधिको युगमा विद्यालयका सम्पूर्ण विवरण अनलाईन प्रविधिमा प्रविष्ट गर्नुपर्ने भन्दै क्षमता विकास तालिम सञ्चालन गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत जगत बहादुर रावलले बताउनु भयो ।

विशेष गरेर विद्यालयका विवरण एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (ईमिस) मा प्रविष्ट गर्ने कुरालाई प्रयोगात्म रुपमा सिकाइएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख संगीता रावल कुमारी रावलले सुचना प्रविधिको प्रयोगबाट विद्यालयलाई थप राम्रो बनाउन सहभागि शिक्षकहरुलाई आग्रह गर्नुभयो । आफ्नो विद्यालयलाई अनुशाशित, व्यवस्थित तथा सिकाइमा अब्बल गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । कतिपय विद्यालयको हालै अनुगमन गरिएको भन्दै उहाँले कतिपय विद्यालयमा छुट दिनै नसकिने अवस्था रहेको उहाँको भनाई छ ।

Saud Agro Kailash

यसैगरी तालिममा मंगलसेन नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले प्रविधिका कुरा जानिएन र सिकिएन भने पछि परिने र लज्जाबोध गर्नुपर्ने अवस्था हुने भन्दै प्रविधिको क्षेत्रमा विद्यालयलाई अगाडी बढाउन आग्रह गर्नुभयो । सिकेका कुरलाई अभ्यासमा लिनु सैभन्दा ठुलो कुरा भएको उहाँको भनाई छ ।

शिक्षकहरुलाई आफ्नो कामप्रति प्रतिवद्ध रहन आग्रह गर्दै हरेकले आफ्नो कामका लागि शरीरसंगै मन समेत बोकेर हिड्नुपर्नेमा जोड दिनुभयो । गलत गर्ने शिक्षकलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने प्रमुख प्रशाशकीय अधिकृत डाँगीको भनाइ छ ।

वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बोहराले सिकेका कुरालाई व्यवहारमा लागू गरी विद्यालयको विवरण दुरुस्त राख्न आग्रह गर्नुभयो ।

सोही अवसरमा मंगलुसेन नगरपालिकामा २०८१ सालको एसईई परिक्षामा उत्तीर्ण विद्यार्थीको आधारमा यशोधरा मावि वाँडा पहिलो, राधा मावि बोगटीगाउँ दोस्रो, षोडषादेवि मावि मंगलसेन तेस्रो र पार्वति मावि छापडाँडा चौथो स्थान ल्याउन सफल भएका विद्यालयका शिक्षकलाई सम्मान गरिएको थियो ।

तालिमको सहजीकरण शिक्षा अधिकृृत रावल,सुचना प्रविधि अधिकृत पौरख कुमार बोगटी र शिक्षा शाखाका प्राविधिक सहायक दिपक बहादुर भण्डारीले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.