मङ्गलसेनमा स्थानीय सरकार, वन कार्यालय र उपभोक्ता विचकाे अन्तरक्रिया

Kirci Gyan Kendra
Saud Agro Kailash

स्थानीय सरकार, वन कार्यालय र उपभोक्ता विचकाे अन्तरक्रिया कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ ।डिभिजन वन कार्यालय अछामको आयाेजना कार्यक्रम गरिएको हाे ।

डिभिजन वन कार्यालयका कार्यालय प्रमुख जनक पाध्याकाे अध्यक्षतामा भएको अन्तरक्रियामा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएकाे थियाे । मङ्गलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी बिशिस्ट अतिथि रहनुभएकाे कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, सामुदायिक वनका पदाधिकारीहरु र सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।

‎अन्तरक्रियामा वन विकास, व्यवस्थापन, सामुदायिक वनकाे काम, कर्तव्य र अधिकार लगायतका सवालमा भिमुखिकरण गराईएकाे थियाे भने वन ऐन २०७६ र वन नियमावली २०७९ काे सामुदायिक वन सम्वन्धि व्यवस्थाहरु लगायतका विषयमा समेत जानकारी गराईएकाे थियाे ।

‎यस्तै सहभागी वन समूहका पदाधिकारीहरुले सुझाव तथा जिज्ञासा राखेका थिए । अन्तरक्रिया कार्यक्रमकाे सञ्चालन डिभिजन वन कार्यालयका बरिष्ठ वन अधिकृत गणेश सिंह ठगुन्नाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.