अछाममा २२ औं राष्ट्रिय धान दिवस मनाईयो

३ जना उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मान

Purnima Mobile
Kirci Gyan Kendra

अछाम:

Samajik New Add 2082

अछाममा जिल्लामा २२ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम सहित मनाईएको छ । कृषि ज्ञान केन्द्र अछाम सहित विभिन्न स्थानीय तह र सरोकारवाला निकायहरुले धान दिवस मनाएका हुन ।

Mellekh RM1

कृषि ज्ञान केन्द्र अछाम र मंगलसेन नगरपालिकाको आयोजनामा मंगलसेन ३ बिसाकोटमा धान दिवस तथा उत्कृष्ट किसानलाई सम्मान कार्यक्रम गरिएको थियो । वडा नम्वर ३ को कार्यालयमा भएको औपचारिक समारोहमा पञ्चदेवल बिनायक नगरपालिका ७ का तुल बहादुर साउद, मंगलसेन नगरपालिका ९ का थिर बहादुर रावल र तुर्माखाद गाउँपालिका ८ का धुर्बराज धमालालाई नगद २५/२५ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाएर भिमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत भए पश्चात उत्कृष्ट कृषकहरुले कृषि क्षेत्रमा निरन्तर गरिरहेको मेहनतलाई सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरेका छन ।

Saud Agro Kailash

कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख जनकराज बोहराको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अथिति जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर रहनुभएको थियो । कुवरले सरकारले किसानहरुलाई आकर्षित गर्ने खालका कार्यक्रमहरु बनाउनुपर्ने अहिले किसान लक्षित कार्यक्रमहरु हुन नसकेको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बोहराले राज्यले कृषिमा लगानी बढाउदै गरेको तर किसान र खेतीयोग्य जमिन बाझो हुदै गएकोले अब मध्यमार्गी बाटो अपनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता कुमारी रावल, अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारु लगायत जिल्ला स्थित सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

मंगलसेन नगरपालिका कृषि विकास शाखा प्रमुख तपेन्द्र केसीले स्वागत मन्तव्य राख्नुभएको औपचारीक कार्यक्रमको सञ्चालन कृषि ज्ञमा केन्द्र अछामका कृषि अधिकृत भुमिराज उपाध्यायले गर्नुभएको थियो । औपचारिक कार्यक्रम पश्चात मंगलसेन ३ का किसान दिल बहादुर साउदको खेतमा सामुहिक रोपाई कार्यक्रम समेत गरिएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.