सिकेको सिपलाई सदुपयोग गर्नुपर्नेः नगर प्रमुख बोहरा – “मङ्गलसेनमा ४५ दिने सिप विकास तालिमको समापन”

Purnima Mobile
Kirci Gyan Kendra

तालिममा सिकेको सिपलाई सहि सदुपयोग गर्नुपर्ने मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले बताउनुभएको छ । मङ्गलसेन नगरपालिकाको आयोजनामा भएको ४५ दिने सिलाईकटाई सिप विकास तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बाेहराले सिप सिकेर मात्रै नहुने भन्दै व्यवहारिक रुपमा लागु गर्नुपर्ने बताउनुभएको हो ।

Samajik New Add 2082

दृढ ईच्छाशक्ति र निरन्तरको लगनशिलताले मात्रै सफल भईने भएकोले सिकेको सिपलाई व्यवहारिक जीवनमा लागु गर्न सुझाव दिनुभयो । सिप सिकेर व्यवसायिक वनेपछी मात्रै आत्मनिर्भर र आर्थिक रुपमा बलियो हुन सकिने भन्दै नगर प्रमुख बोहराले राम्रो गर्ने उद्यमीलाई नगरपालिकाबाट निरन्तर सहयोग रहने प्रतिवद्धता समेत जनाउनुभयो ।

Mellekh RM1
Saud Agro Kailash

समापन समारोहमा बिशिष्ट अतिथिको रुपमा बोल्दै नगर उपप्रमुख संगिता कुमारी रावलले सिप सिकेर आत्मनिर्भर बन्न चाहने महिलाहरुलाई नगरपालिकाले प्रविधि सहयोग समेत गर्ने बताउनुभयो । वडानम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाटको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी पनि विशिष्ट अतिथि रहनुभएको थियो भने वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, वडा नम्वर १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी, वडानम्वर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, पत्रकार टेक बहादुर थापा लगायतका अतिथि रहनुभएको थियो ।

कार्यक्रमको सञ्चालन एमआईएस अपरेटर होम बहादुर साउदले गर्नुभएको उद्यम विकास सहजकर्ता राम बहादुर बुढाले जानकारी दिनुभयो । जेठ ४ गते देखि सुरु भएको तालिममा नगरपालिकाका विभिन्न वडाबाट लक्षित र विपन्न १४ जना महिलाहरुको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.