मङ्गलसेन नगरपालिकामा डेंगी सम्वन्धि सराेकारवालाहरुलाई अभिमुखिकरण
डेंगि सार्ने लामखुट्टेकाे लार्भा खाेजी नष्ट पार्न सचेतिकरण


डेंगी सम्वन्धि सराेकारवालाहरुलाई अभिमुखिकरण गाेष्ठी तथा डेंगि सार्ने लामखुट्टेकाे लार्भा खाेजी नष्ट पार्ने कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ । मङ्गलसेन नगरपालिकाकाे आयाेजना तथा स्वास्थ्य कार्यालय अछामको सहकार्यमा कार्यक्रम भएको हाे ।
मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा मनसुनको समयमा लामखुट्टेकाे टाेकाईबाट संक्रमण हुने डेंगी लगायतका राेगहरुकाे बारेमा जानकारी गराउनुका साथै यसकाे नियन्त्रण र नष्ट गर्ने विषयमा अभिमुखिकरण गराईएकाे थियाे । अभिमुखिकरण पश्चात् सराेकारवालाहरुकाे टाेलिले मङ्गलसेन बजारमा डेंगि सार्ने लामखुट्टेकाे लार्भा खाेजी तथा नष्ट गर्ने कार्य गरिएको थियाे ।
कार्यक्रममा मङ्गलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल, अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारु मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, गाेरख बकस गणका गणपति संगम अधिकारी, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगाना लगायत सराेकारवालाहरुकाे सहभागीता रहेकाे थियोे ।
मङ्गलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाकाे स्वागत सहित प्रस्तुतीकरण राख्नुभएको कार्यक्रमकाे सञ्चालन चन्द्रप्रसाद ढुंगानाले गर्नुभएको थियाे ।



