
जिल्ला युवा सशक्तीकरण कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयाेजनामा अछामका ४ पालिकाका युवाहरुसंग अभिमुखिकरण गराईएकाे हाे ।


सामाजिक विकास कार्यालय अछामका निमित्त प्रमुख सिर्जना चन्दकाे अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारु प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा प्रहरी नायव उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीले युवा सशक्तीकरण, लागू औषध नियन्त्रण र ईन्टरनेट तथा सामाजिक सञ्जाल प्रयाेगकाे सन्दर्भमा सचेतनामूलक अभिमुखिकरण गराउनुभएकाे थियाे ।
जिल्ला स्थित सरोकारवालाहरुको समेत सहभागिता रहेको कार्यक्रममा मङ्गलसेन नगरपालिका, साफेबगर नगरपालिका, पञ्चदेवल बिनायक नगरपालिका र बान्निगढी जयगढ गाउपालिकाबाट गरि ९० जनाकाे सहभागीता रहेको थियो ।
सामाजिक विकास कार्यालयका प्रारविधिक सहायक राजु कुमार शाहकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन मङ्गलसेन नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियो ।

