ज्येष्ठ नागरिक सन्तानबाटै अपहेलित, मंगलसेनमा ५० जना ज्येष्ठ नागरिकलाई छाता वितरण

Kirci Gyan Kendra

अछाम मंगलसेनका ८४ वर्षीय तेजबहादुर बिष्ट ज्येष्ठ नागरिक संघमा आवद्ध भएको सात वर्ष नाघ्यो । अहिले उनी संघका जिल्ला अध्यक्ष हुन् । पुर्व जिल्ला विकास समितिका उपसभापति समेत भइसकेका विष्ट समक्ष उहिले तागत छँदा खेतीकिसानी गर्ने, हाट बोक्ने र ब्यापार गर्ने कयौं ज्येष्ठ नागरिकहरुले अहिले आफुहरु एक्लिएको गुनासो लिएर आउने गरेका छन् ।

Samajik New Add 2082

शनिवार सदरमुकाम मंगलसेन स्थित शिवालय कुटीमा आयोजित ज्येष्ठ नागरिकहरु संगको छलफलमा उनले जनप्रतिनिधि, पत्रकार र सरोकारवाला संग यसबारे पहल गरिदिन आग्र गरे । उमेरले ८० नाघेका संघका जिल्ला सचिव कर्णबहादुर केसीले छलफलमा बोल्दै ज्येष्ठ नागरिकहरु छोरा, बुहारी र आफन्त बाटै हिंसा खोपीरहेको गुनासो गरे । ‘बुढ्यौलीले छोएपछि काम गर्न सकिदैन, यही बेला छोराबुहारी र अन्य आफन्तले समेत झिँजो मान्ने गरेको देखिन्छ,’ उनले भने, ‘अनि हाम्रो चित्त दुख्छ ।’ उमेरको उत्तरार्धमा सरकारी निकाय र जनप्रतिनिधिले समेत वास्ता नगर्दा ज्येष्ठ नागरिकहरुमा मानसिक विचलन आइरहेको उनले बताए ।

अछाम जिल्लामा अधिकाशं ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरु पारिवारिक बेमेल भएर, परिवारमा कोही नभएर र विधवा भएर सहारा लिने ठाउँ नहुँदा समस्यामा रहेको सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलले बताए । यस्तै समस्यमा परेका ज्येष्ठ नागरिकलाई लक्षीतगरी हरेक वर्ष उनीहरुलाई नै सहयोग पुग्ने गरी कार्यक्रमहरु गर्ने गरिएको उनले बताए । त्यसका लागि आर्थिक वर्ष २०८२/०८३ मा थप व्यवस्थित रुपमा काम गर्ने योजना रहेको उनको भनाई छ ।

Saud Agro Kailash

संविधान तथा ऐन–कानुनमा ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषण गर्नु हरेक नागरिकको कर्तव्य हुने भनी राज्यले विशेष संरक्षण दिने व्यवस्था गरेपनि यो कागजी व्यवस्थाले अछाम जिल्लामा भने सदरमुकाम मंगलसेन वरपरकै नागरिकलाई समेत नछोएको मंगलसेन–३ का वडाध्यक्ष बिर्खबहादुर बोगटीले बताए । तर अब ज्येष्ठ नागरिक संघलाई व्यवस्थित गरेर समस्यामा परेका ज्येष्ठ नागरिकहरुका विषयमा विशेष योजना निर्माण गर्न पहल गरिने बोगटीले बताए । त्यसका लागी हातेमालो गर्न उनले सबैलाई आग्रह गरे । ज्येष्ठ नागरिक संघ गठन भएको सात वर्ष पुग्दापनि संघको कार्यालय नहुँदा नर्वदेश्वर धार्मीक संरक्षण क्षेत्रको शिवालयमा शरण लिएर बस्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष बोगटीले बताए ।

ज्येष्ठ नागरिकहरु सँगको छलफलमा मंगलसेन नगरपालिकाकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले उनीहरुका लागी राज्यले नियमित रुपमा दिदै आएको सुविधा बाहेक अन्य सहुलियतमा पनि ध्यान दिइनुपर्ने बताइन् । त्यसका लागी स्थानीय सरकारले नीतिगत सुधार गर्नुपर्ने उनको सुझाब छ ।

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयकी ब्रम्हकुमारी कविताले ज्येष्ठ नागरिकका लागी अन्य सुविधा सँगै ध्यान, योग र प्रणायामको व्यवस्था गरिदिन आग्रह गरिन् । जसले ज्येष्ठ नागरिकमा मानसिक शान्ति प्राप्त हुने उनले बताइन् । छलफलमा उपस्थित ७० जना ज्येष्ठ नागरिकका लागी छाता वितरण गरिएको छ । सामाजिक विकास कार्यालयको सहयोगमा बर्खामा आमाबुबालाई पानीबाट जोगाऔं भन्ने शन्देस दिन उनीहरुका लागी छाता वितरण गरिएको हो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.