मंगलसेन ३ कुटीमा सञ्चालित शिवपुराण महायज्ञको सार्वजनिक सुनुवाई

कुल जम्मा ३१ लाख ७२ हजार ३१४ रुपैयाँको आय व्यय सार्वजनिक

मंगलसेन नगरपालिका ३ कुटीमा बैशाख १९ देखि २९ गतेसम्म सञ्चालित शिव महापुराण ज्ञान महायज्ञको सम्पूर्ण आय व्ययको सार्वजनिक सुनुवाई गरिएको छ । महायज्ञ मुल आयोजक समितिले सरोकारवाला र पत्रकारहरुको उपस्थितिमा महाँयज्ञको सम्पूर्ण आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो ।

Samajik New Add 2082

मुल आयोजक समिति अध्यक्ष तथा शिवालय संरक्षण समितिका अध्यक्ष तेज बहादुर बिष्टको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा आर्थिक उपसमिति संयोजक बृकेश सिंह बोगटीले महायज्ञमा कुल ३१ लाख ७२ हजार ३ सय १४ रुपैयाँको आय तथा व्ययको विवरण सार्वजनिक गर्नुभएको थियो । जसमध्ये नगद संकलन १५ लाख ७१ हजार १ सय ९२ भएको तथा ५ लाख २९ हजार उठन बाँकी रहेको जनाईएको छ । यस्तै खर्च तर्फ जम्मा ११ लाख १८ हजार ६ सय ८८ यज्ञ सञ्चालन खर्च र ३ लाख ५३ हजार ७ सय ९२ रुपैयाँ ध्वनी घर निर्माणमा खर्च भएको छ । हाल मुल आयोजक समिति संग ९८ हजार ७ सय १२ रुपैयाँ बचत रहेको जनाईएको छ ।

महाँयज्ञमा १० लाख ७२ हजार २ सय २२ रुपैयाँ बराबरको भौतिक संरचनाहरु निर्माणका लागि बिभिन्न व्यक्तिहरुले प्रतिवद्धता गरिएकोमा कतिपय निर्माण सम्पन्न भैसकेको र कतिपय प्रक्रियामा रहेको जानकारी दिईएको छ । शिवालय परिसरमा नन्दि निर्माण, हवन कुण्ड निर्माण, ध्वनी घर निर्माण, शिवालय पुग्ने सडक र मैदान निर्माण कार्य सम्पन्न भैसकेको छ । यस्तै शिवालय परिसरमा भैरब मन्दिर निर्माण कार्य दाता मार्फत नै केही समयमै सुरु हुने जनाईएको छ ।

अछाम जिल्लामै पहिलो पटक आयोजना गरिएको ११ दिवसिय शिव महापुराण ज्ञान महायज्ञ मार्फत नर्मदेश्वर शिवालय क्षेत्रको धार्मीक र ऐतिहासिक महत्वबारे जानकारी तथा प्रचारप्रसार भएको आयोजकको दावी छ । यस्तै शिवालय क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण लगायतका कार्यमा टेवा पुगेको र सम्वन्धित सरोकारवालाहरुको ध्याँनाकर्षण समेत भएको जनाईएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा मुल आयोजक समितिका पदाधिकारी सहित जनप्रतिनिधिहरु, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो  । पत्रकार महाँसंघका उपाध्यक्ष टेक बहादुर थापा, ध्रुव बिसी  र चन्द्र बहादुर थापा लगायत सरोकारवालाको सहभागीता रहेको सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन मुल आयोजक समिति सचिव कर्ण बहादुर धामीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.