मंगलसेन नगरपालिकामा पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाइयो

कोदो खेतीलाई व्यवसायिक बनाउने नगर प्रमुख बोहराको प्रतिबद्धता

Purnima Mobile
Kirci Gyan Kendra

अछामः- मंगलसेन नगरपालिकाले प्रथम राष्ट्रिय कोदो दिवस २०८२ रुपमा मनाएको छ । कृषि संस्कृति र स्थानीय बालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा कोदो खेतीको महत्व, यसको उपयोगिता, स्वास्थ्य लाभ र भविष्यका सम्भावनाहरू बारेमा विशेष छलफल गरिएको थियो ।

Samajik New Add 2082

कार्यक्रमको आयोजना नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा गरिएको थियो । नगर प्रमुख बोहराले कोदो खेतीलाई व्यवसायिक रूपमा प्रवर्द्धन गर्न विशेष पहल गरिने बताउनुभयो । नगरका सबै वडामा कोदो रोपिँदै आएको भए पनि अहिलेसम्म यसलाई व्यवसायिक रुपमा विस्तार गरिएको छैन । अब व्यवसाय गर्न इच्छुक किसान छानट गरी प्रोत्साहन र पुरस्कारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

Mellekh RM1

नगर उपप्रमुख संगीता रावलले हेलाको रूपमा हेरिँदै आएको कोदो अब नगरपालिकाको पहिलो प्राथमिकता बन्नुपर्ने आवश्यकता औंल्याउँदै यसको पोषणीय महत्व र स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे उदाहरण सहित प्रस्तुत गर्रिनुभएको थियो । कोदो विशेषगरी महिला र किशोरीका लागि अत्यन्त लाभदायक भएको उहाँल उल्लेख गर्नुभयो ।

यस्तै अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले रैथाने बाली संरक्षण स्थानीय सरकारको दायित्व भएको भन्दै अनुसन्धान र जनशक्ति विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले कोदोको बजार प्रवर्द्धनका लागि ‘कोसेलीघर’ स्थापना गर्नुपर्ने बताउनुभयो ।

Saud Agro Kailash

कार्यक्रममा  नेपाली कांग्रेस जिल्ला सदस्य जनकराज भण्डारी, नेकपा माओवादी केन्द्र नगर कमिटी सचिव कमल बहादुर थापा, वडा नं. ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, पत्रकार टेक बहादुर थापा, तथा किसान प्रतिनिधि पदम सिंह भाटले कोदो खेतीप्रतिको अनुभव, चुनौतिहरू र सुझावहरू प्रस्तुत गर्कानुभएको थियो । सहभागी वक्ताहरूले कोदो जस्ता लोपोन्मुख रैथाने बाली संरक्षण र व्यवसायीकरणमार्फत स्थानीय अर्थतन्त्र र पोषण सुरक्षामा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षहरू, कर्मचारी, स्थानीय किसान प्रतिनिधि तथा संचारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा कोदो खेती सम्बन्धी सुझाव संकलन समेत गरिएको थियो, जसले आगामी योजनामा नीति निर्माणमा सहयोग पुर्याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।

सरकारको निर्णय अनुसार अबदेखि प्रत्येक वर्ष साउन १६ गते ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाइनेछ ।  त्यस निर्णय अनुसार मंगलसेन नगरपालिकाले समेत आफ्नो तहबाट पहिलो पटक औपचारिक रूपमा दिवस मनाउँदै स्थानीय कृषि संस्कृतिको सम्मान र संरक्षणप्रतिको प्रतिबद्धता देखाएको हो ।

कृषि शाखा प्रमुख तपेन्द्र केसीले कोदोको पोषणात्मक महत्व, यसको परम्परागत र आधुनिक उपयोगबारे प्रष्ट पार्दै “कोदो केवल गरीबको खाना होइन, स्वास्थ्यका लागि उत्तम र जलवायुअनुकूल बाली हो” भन्ने सन्देश दिनुभयो ।

कार्यक्रम सञ्चालन कृषि प्राविधिक तर्क बहादुर भुलले गर्नुभएको थियो । उहाँले सहभागीहरूलाई कोदोको खेती प्रणाली, उत्पादन वृद्धिका उपाय, बजार संभाव्यता, र सरकारी अनुदान प्रणालीको विषयमा जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.