
अछाममा छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको छ । प्रहरीले पञ्चदेवल विनायक नगरपालिका वडा नं. ८ स्थित बारलाका विभिन्न टोलमा १९ वटा छाउगोठ भत्काईएको हो ।


वडाध्यक्ष छत्रबहादुर शाही लगायत स्वास्थ्यकर्मी, स्थानीय नागरिक समेतको सहकार्य र सहभागितामा अस्थायी प्हरी पोष्ट वारलाबाट खटिगएको प्रहरी टोलीले छाउगोठ भत्काउने कार्य सम्पन्न गरेको हो ।

जस अन्तरगत कुमालीकोटमा-४, सर्पामा-३, आमरुखमा-२, तिखापातलमा-५, गैरीगाउँमा-२, ढुङ्गेबजारमा-२ र नावलीमा-१ गरी जम्मा १९ वटा छाउगोठ भत्काइएको छ । यो अभियान जिल्लाका अन्य स्थानमा समेत गरी निरन्तर सञ्चालन रहने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
