नर्मदेश्वर धार्मीक वन मङ्गलसैन ३ कुटीको भेलाबाट नयाँ समिति चयन, अध्यक्षमा शिव बोगटी

Purnima Mobile
Kirci Gyan Kendra

नर्मदेश्वर धार्मीक वन मङ्गलसैन ३ कुटीको भेला नयाँ समिति चयन गर्दै सम्पन्न भएको छ । वडा नम्वर ३ का वडा अध्यक्ष बिर्ख बहादुर बोगटीको अध्यक्षतामा भएको भेलाले निष्कृय रहेको धार्मिक वन समूहलाई विघटन गरि सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको हो ।

Samajik New Add 2082

समितिको अध्यक्षमा शिव बोगटी बोगटी चयन हुनुभएको छ भने उपाध्यक्षमा शारदा शाह, सचिवमा कर्ण बहादुर धामी लगायत ९ सदस्य रहनुभएको छ । साथै भेलाले बिर्केश सिंह बोगटीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ ।

Mellekh RM1
Saud Agro Kailash

डिभिजन वन कार्यालयका प्रतिनिधि, स्थानीय समाजसेवी र सरोकारवाला सहभागी भेला मार्फत नै धार्मीक वन  समूहको विधान परिमार्जन गर्ने र कार्ययोजना नविकरण गर्ने र त्यसका लागि डिभिजन वन कार्यालय अछामसंग प्राविधिक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

४ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मीक वनको उचित संरक्षण र विकास हुन नसकेकोले समितिलाई सक्रिय वनाई आगामी दिनमा सम्वन्धित निकाय मार्फत पहल गर्नका लागि सवै सरोकारवाला सहमत भएका छन । शिवालय क्षेत्र कुटी र धार्मीक वनको विकास गरि पर्यटकीय स्थलका रुपमा स्थापित गर्ने उदेश्य सहित नयाँ समिति अग्रसर हुने जनाईएको छ ।

२०७२ सालमा दर्ता गरिएको धार्मिक वन समूहको निश्क्रियताका कारण विधान परिमार्जन र कार्ययोजना समेत नविकरण हुन सकेको थिएन ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.