


अछाम: नेकपा माओवादी केन्द्रकाे युवा भातृ संगठन YCL नेपाल जिल्ला कमिटी अछामले श्रम तथा उत्पादन अभियानको सुरुवात गरेको छ । संगठनकाे देशव्यापी कार्यक्रम अन्तर्गत अछाममा पनि अभियानकाे प्रारम्भ गरिएको हाे ।
जस अन्तर्गत वाइसीएल जिल्ला कमिटी अछामको आयोजनामा मंगलसेन नगरपालिका वडा नं -३ कुटी स्थित शिवालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरु बृक्षारोपण गरेको छ । साथै निर्माणाधीन भैरब मन्दीरमा श्रमदान समेत गरिएको वाइसीएल नेपाल जिल्ला कमिटी अछामका अध्यक्ष रमित साउदले बताउनुभयो ।
श्रम अभियानमा वाइसीएल केन्द्रिय उपमहासचिव एंवम सुदुरपश्चिम इन्चार्ज शिव बहादुर बोगटीको विशेष उपस्थिती रहेको थियो । नेता बोगटीले श्रममा जुट्दै वाइसीएललाइ जन्तामा सकारात्मक उर्जा पैदा गर्नेगरि बढ्दो राजनीतिक वितृष्णालाई चिर्नुपर्ने बताउनुभयो ।
यस्तै अभियानमा सहभागी वाइसीएलका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज लाल बहादुर साउदले वाइसीएल अछामलाई उत्पादन र श्रममा जोड्दै सचेत युवाहरूको केन्द्र वाइसीएललाई बनाउनुपर्नेमा जाेड दिनुभयो ।
YCL अछामले प्रकृतिको संरक्षण, वातावरणको सन्तुलन र भविष्यको सुरक्षाका लागि वृक्षारोपणलाई प्रमुख दायित्वको रूपमा अघि सारिएको जनाएको छ । कार्यक्रममा सहभागी युवाहरुले “यो हाम्रो यात्रा आज मात्र होइन, जीवनभर निरन्तर चल्ने अभियान हो” भन्ने प्रतिवद्धता व्यक्त गर्दै सामूहिक श्रम र एकताको सन्देश ब्यक्त गरेका छन ।
प्रकृति संगै समाजको हित र जनताको सेवा गर्ने लक्ष्य सहित YCL ले सुरुवात गरेको श्रम तथा उत्पादन अभियान जनताको निरन्तर अघि बढ्ने बताइएको हो । उक्त कार्यक्रममा पार्टी सम्वद्द नेता तथा कार्यकर्ताहरुको समेत सहभागीता रहेको थियो ।




