मङ्गलसैन नगरपालिकाको आ. व. ०८१।८२ को सार्वजनिक सुनुवाई, नगरको विकास र समृद्धिका विषयमा विमर्श

Purnima Mobile
Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

मङ्गलसैन नगरपालिकाको आ. व. ०८१।८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरले गत आर्थिक वर्षमा सम्पन्न गरेका काम कार्यहरु र सेवा प्रवाह तथा विकास निर्माणका विषयमा सेवाग्राही र सरोकारवाला समक्ष जानकारी सहित सुनुवाई गरेको हो ।

Mellekh RM1
Saud Agro Kailash

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिम्मेवार निकाय र सरोकारवालाहरुले नगरको विकास र समृद्धिका सवालमा विचार विमर्श गर्नुका साथै सार्वजनिक सरोकार तथा सेवा प्रवाहबारे छलफल गरेका छ । सार्वजनिक सुनुवाईका क्रममा नगरको शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, सडक पूर्वाधार र सेवाप्रवाहबारे सरोकारवालाहरुले जिज्ञासा राख्नुभएको थियो । सरोकारवालाहरुले जनअपेक्षा अनुसार विकासनिर्माणका कार्यहरु हुन नसकेको सवाल प्रमुखताका साथ उठाएका थिए भने नगरपालिका सरकारलाई जिम्मेवार बन्नुपर्ने विषयहरु उठान गरेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको नगर प्रमुख पदम बहादुर बोहरा र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी सहित विषयगत शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो । साथै सहभागीहरुबाट उठाईएका सवालहरुबारे जवाफदेही निकायबाट नगरपालिकासंग भएको तथ्यपरक जानकारी कार्यक्रममा राखिएको थियो भने सुझाव सल्लाहलाई ग्रहण गर्दै आगामी दिनमा प्रभावकारी सेवा प्रदानका लागि प्रतिवद्ध रहेको कुरा व्यक्त गरिएको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षमा नगरको कुल ६२ करोड बढीको बजेटमा आधारित समष्टिगत प्रगति प्रतिवेदन पेश गर्नुका साथै कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो । वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पूर्व जनप्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षक, ब्यापारी, बुद्धिजवी, युवा, विद्यार्थी र सरोकारवालाहरुको सहभागीता रहेको सार्वजनिक सुनुवाईको सहजिकरण पत्रकार टेक बहादुर थापाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.