संसद् पुनःस्थापनाको अडान छाड्न जेनजी प्रतिनिधिको आग्रह

Purnima Mobile
Kirci Gyan Kendra

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ । निर्वाचनको वातावरण बनाउनका लागि भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलो पटक बुधबार (१२ कात्तिक) त्रिपक्षीय बैठक आयोजना गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको जनाइएको छ ।

Samajik New Add 2082

बैठकका विषयमा जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच छलफल भएको र यस किसिमको छलफललाई निरन्तरता दिइने समझदारी भएको उनको भनाइ छ ।

Mellekh RM1

सञ्चारमन्त्री खरेलका अनुसार बैठकको मुख्य उद्देश्य, निर्वाचन, सुशासन कायम, भ्रष्टाचार नियन्त्रणका साथै जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने सन्दर्भ रहेको थियो । त्यसमा पनि विशेषगरी निर्वाचनका विषयलाई अलि बढी लक्षित गरेर सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल भई आपसी समझदारी कायम गरेर अबको बाटो कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे सकारात्मक छलफल भएको छ ।

उनले भनेका छन्, ‘त्रिपक्षीय छलफल असाध्यै उपलब्धिपूर्ण रह्यो, सौहार्दपूर्ण रह्यो, खासगरी राजनीतिक दल र जेजनी पुस्ताबीचमा संवादहीनताको अवस्था थियो । औपचारिक रुपमा संवाद हुन सकेको थिएन । अनौपचारिक रूपमा छलफल भए पनि औपचारिक वार्ता हुन सकेको थिएन आज त्यो अवस्थाको अन्त्य भएको छ ।’

जेनजी प्रतिनिधिहरूले उठाएको मुद्दाहरूलाई राज्यले कसरी प्राथमिकता दिएर कार्यान्वयन अगाडि बढाउने भन्नेबारे गहन छलफल भएको जनाउँदै सञ्चारमन्त्री खरेलले उपस्थित राजनीतिक दलका सबै प्रतिनिधि र जेनजी प्रतिनिधिले सकारात्मक रूपमा लिनुका साथै यसले मुलुक अब सहज रूपमा अगाडि बढ्ने सरकारको विश्वास रहेको उल्लेख गरे ।

Saud Agro Kailash

नेपाली कांग्रेसकोतर्फबाट निर्वाचनका लागि सहयोग गर्ने धारणा आएको, नेकपा (माओवादी) को तर्फबाट पनि सकारात्मक कुरा आएको, नेकपा (एमाले)ले पनि निर्वाचनमा जान कुनै समस्या नहुने तर त्यसको वातावरण बनाउन सरकारले काम गर्नुपर्ने चासो राखेको उनको भनाइ छ । यसलाई सकारात्मक रुपमा लिइएको जनाउँदै मन्त्री खरेलले बैठकमा सहभागी अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भनेका जिकीर गरे ।

बैठकमा राजनीतिक दलका करिब १५ जना र सोही सङ्ख्यामा जेनजी प्रतिनिधिहरूको सहभागिता थियो । जेनजीका प्रतिनिधिहरूले जेनजी आन्दोलनको क्रममा जेजस्ता माग उठेका छन् सोहीअनुरूप मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले निर्वाचनको समेत समर्थन गर्दै निर्वाचन गर्दैगर्दा सुशासनको सुनिशिचतता र भ्रष्टाचार नियन्त्रलाई पनि सँगै लैजानुपर्ने धारणा राखेका थिए । राजनीतिक दलहरूलाई अझै बढी जिम्मेवार बन्नुपर्छ भन्ने कुरा जेनजीले उठाएका थिए ।

निर्वाचनको तयारीस्वरूप सरकारले सबैखाले काम अगाडि बढाएको बताइएको छ । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको र आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको सरकारी भनाइ छ ।

संसद् पुनःस्थापनाको अडान छोड्न आग्रह

‘जेनजी’ प्रतिनिधि एवं अगुवाहरूले समयमै निर्वाचन सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा समयमा चुनाव हुनुपर्ने राय राखेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ‘जेनजी’ समूहका प्रतिनिधि खेमराज साउदले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद् पुनःस्थापनाबारे राय राखेपछि आफूहरूले त्यसको खण्डन गरेको बताए । संसद् पुनःस्थापना ‘जेनजी’ प्रदर्शनको उपलब्धिविपरीत हुने उनको तर्क छ ।

बैठकमा सागर ढकालले भ्रष्टाचारका धेरै फाइल खोल्न बाँकी रहेको भन्दै जेनजीको मुख्य माग नै भ्रष्टाचारविरुद्ध कारबाही रहेको धारणा राखे ।

यस्तै, बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ‘जेनजी’ प्रतिनिधिले संसद् पुनःस्थापना भनेर नबस्न राजनीतिक दलसँग आग्रह गरेको उल्लेख गरे । नेता पाण्डेका अनुसार जनेजी प्रतिनिधिले सबै राजनीतिक दललाई आगामी चुनावमा सहभागी भई अघि बढ्न प्रस्ताव राखेका छन् । बैठकमा चुनावका लागि अझै पनि वातावरण बन्न नसकेको आशङ्का केही दलबाट व्यक्त भएको पाण्डेको भनाइ थियो । –घटना र विचार

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.