संविधानले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न उठाएको छः भीम रावल

पूर्वउपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाएका छन्।

Samajik New Add 2082

शनिबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन्।

संविधानअनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारमार्फत प्रतिनिधि सभा विघटन गराउने अधिकारी नभएकाले वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारको आधिकारिता र वैधतामाथि प्रश्न उठ्ने अवस्था रहेको रावलको भनाई थियो ।

‘विद्रोहले मात्रै संविधान विपरित प्रधानमन्त्री हुन पाइन्छ । यदि विद्रोह होइन, संविधानको घेराभित्रबाटै अघि बढ्छौँ भन्यो भने नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई राजनीतिक नियुक्ति मानव अधिकार आयोग बाहेक कहीँ पनि जाने अधिकार छैन । राष्ट्रपतिलाई प्रतिनिधि सभाको विघटन यस्तो अन्तरिम सरकारबाट गराउने अधिकार छैन । अनि सरकार अवैध हुँदैन ? होइन हामी विद्रोहबाट आएका हौं भने त्यहीअनुसार काम किन हुँदैन भनेर आवाज उठाउनु होला,’उनले भने।

नेता रावलले यही संविधानअनुसार वर्तमान सरकारले निर्वाचन गराए पनि मान्य नहुने जिकिर समेत गरे।

नेता रावलले मुलुकमा परिवर्तनको आभास दिलाउने हो भने संविधानमा रहेका कयौं विषयहरु संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता समेत औंल्याए —न्युज एजेन्सी नेपाल

Leave A Reply

Your email address will not be published.