पवन मधुश्रीको नौलो कोसेली “निराशा”: देशको बेथिति र परदेशीको कथा बोल्ने गीत (भिडियो सहित)

Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

कलाकार पदम बहादुर माझी (पवन मधुश्री) को नौलो कोसेली “निराशा” गीत सार्वजनिक भएको छ । देशको बेथिति र परदेशिनुको कथा बोलेको लोक गीत बडिमालिका म्यूजिक युट्युव च्यानलबाट शुक्रबार  सार्वजनिक भएको हो ।

सामाजिक यथार्ततामा आधारित यस गीतले देशको वर्तमान अवस्था र व्याप्त वेथितिका कारण ईमान्दारहरु देशमा बस्न नसकेर परेदशिनु परेको पीडादायक अवस्थालाई झल्काएको छ । देशको राजनीतिक अवस्था र नेताहरुले गर्दा कुशासन मौलाएको, बैमानीहरुकै रजगज चलिरहेको अवस्था उल्लेखित गीतलाई देशमा व्याप्त भ्रष्ट्राचार, अनियमितता, तस्करी, जाली फट्याँईका कारण सुन्दर परिवार छुट्टिनु पर्ने अवस्था आएको र परदेशिनु पर्ने निराशाजनक अवस्थालाई कुशलतापूर्वक संयोजन गरि प्रस्तुत गरिएको छ ।

यस्तै गीतमा देशमा भएका चर्चित भ्रष्ट्राचार र तस्करीका काण्डहरुः त्रिभुवन विमानिस्थलको १ कुईन्टल सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा प्रकरण लगायतको पनि व्याङ्ग्यात्मक पर्दाफास गरिएको छ ।

Saud Agro Kailash

वर्षौंदेखि राजनीतिक संरचनामा जरा गाडेर बसेको भ्रष्टाचार, शक्तिशालीका संरक्षणमा हुने अपराध र युवाहरूलाई विदेशिन बाध्य बनाउने राज्यको विफलतामाथि प्रत्यक्ष चोट पुग्ने उद्देश्यसहित गीतले नेपालका चर्चित एक क्विन्टल सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास जग्गा काण्ड र शक्तिशाली तन्त्रमा रहने संरक्षित भ्रष्टाचारका परतहरूलाई कलात्मक ढंगले उजागर गरेको छ।

यस गीतमा यसले किन नेपालीहरू आफ्नै देशमा सुरक्षित, सम्भावनायुक्त र सम्मानित महसुस गर्न सक्दैनन्? भन्ने मूल प्रश्न उठाईएकाे छ । गीतमा रचनाकार मधुश्रीले ज्यानमारा र संगठित अपराधीलाई दिइने आममाफी, अदालतमा राजनीतिक दबाब र नातावादी नियुक्ति, राज्यका निकायहरूमा योग्य होइन, ‘हाम्रा मान्छे’ नियुक्त गर्ने चलन, जस्ता यथार्थहरूलाई प्रस्ट र निडर ढंगले उठाएका छन । यिनै कारणहरूले लाखौँ नेपाली युवा–युवती विदेशिन बाध्य हुने अवस्थालाई गीतले अत्यन्त भावनात्मक तर तीक्ष्ण ढंगले प्रस्तुत गरेेकाे छ ।

उक्त गीतमा शब्द/संगीत र स्टोरी कन्सेप्ट पवन मधुश्रीकै रहेको छ भने नेत्र भण्डारी र पम्फा कँडेलले स्वर दिनुभएको छ । गीतको एरेन्जर विनोद बाजुराली हुन भने मालश्री स्टुडियो मार्फत निर्माण गीतमा कलाकार पवन मधुश्री, देविका कार्की, दिनेश ठकुल्ला, शर्मिला ऐडी, कृष्ण खड्का र झरना विकले अभिनय गर्नुभएको छ । भिडियो निर्देशकमा दिनेश ठकुल्ला रहेका छन ।

“निराशा” लाई भिडियोमा हेर्नुहोसः 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.