नरेन्द्र रावलकाे झल्काे रयाकाे गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

देउडा संस्कृतिलाई उचाइमा ल्याउन निरंन्तर हाेमियका रावल

अछाम, ७ मंसिर:
सुदूरपश्चिमका लोकप्रिय देउडा गायक नरेन्द्र रावलकाे लाेक देउडा गीत झल्को रयाकाे सार्वजनिक भएको छ ।
गायक नरेन्द्र रावल, सुरेश शाही र हेमन्त भट्टराईको आवाजमा सजिएको गीतलाई सुदूरपश्चिम एभरेस्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा सुदूरपश्चिमेली लोक भावना, देउडा लय र आधुनिक संगीत संयोजनलाई सन्तुलित ढंगले मिश्रण गरिएको छ।

Samajik New Add 2082

गीतमा शब्द तथा संगीत नरेन्द्र रावलले तयार गरेका हुन् भने एरेन्जमा सुरेश शाहीले काम गरेका छन्। मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा प्रविधी तथा ध्वनि गुणस्तरलाई विशेष ध्यान दिइएको निर्माणपक्षले जनाएको छ।

भिडियो निर्देशन भिम बिष्ट (अछामी रेखा)ले गरेका हुन्। भिडियोमा सुदूरपश्चिमेली संस्कृति, स्थानीय भेषभूषा र प्राकृतिक सौन्दर्यलाई कथानक सँग मिलाएर प्रस्तुत गरिएको छ, जसले गीतलाई अझ प्रभावशाली बनाएको छ।

भिडियोमा कलाकार पुष्कर राज अवस्थी, मदन खड्का ‘मुस्कान’ र मनिषा सिंह ठकुरीको मनमोहक प्रस्तुति देख्न सकिन्छ। कलाकारहरूको अभिनय, नृत्य तथा अभिव्यक्तिले गीतको भावनालाई प्रभावकारी रूपमा उजागर गरेको छ।

छायांकन गणेश साउदले गरेका हुन् भने सम्पादन शंकर साउदको छ। मेकअप मनिषा साउदले गरेकी हुन्। सम्पूर्ण टिमको समन्वयमा तयार पारिएको भिडियोले सुदूरपश्चिमको सांस्कृतिक पहिचान तथा कलात्मक अभिव्यक्तिलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

निर्माणपक्षका अनुसार, ‘झल्को रयाको’ गीतले सुदूरपश्चिमेली लोक संगीतलाई प्रवर्द्धन गर्दै नेपाली संगीत बजारमा नयाँपनका साथ श्रोता–दर्शकको मन जित्ने विश्वास लिइएको छ।
सुदुरकाे लाेक देउडा क्षेत्रलाई वजिलाे, र लाेक प्रिय बनाउनका लागि लाेक देउडा गायक नरेन्द्र रावल निरंन्तर लागि रहेकाछन ।
चाहे बिगतकाे क्यासेटकाे जमाना हाेस यात आधुनिक डिजिटल प्रविधि हाेस देउडा गित संगित मार्फत उनकाले थुप्रै गित हरु बजारमा ल्याएर स्रोता दर्शक माझ लाेक प्रिय बन्दै गएका छन ।
अछामकाे मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुमा जन्मिएका नरेन्द्र रावलको बाल्यकाल देखिकै रुचि गायन तथा गित संगित भएकै कारण उहाँले द्वन्दका बेला २०५७ सालमा आफ्नाे पहिलो गीति क्यासेट फुलिजा शान्तिका फुल नामक बजारमा ल्याएका थिए ।
पहिलो क्यासेटका गितहरु स्रोता हरुले निकै रुचाए पछि उनका अन्य गिति क्यासेटहरु शिरानिमा आँशु, धन्य पिरतिका खेल, रंगायाकाे सिउदाे, कर्मका खेल, अपुरा सैना, कलेजका शेष, लगायत दर्जन बढी देउडा क्यासेट स्रोता हरुले निकै रुचाएका थिए ।
विषेश गरि सुदुर तथा कर्णालीमा आफ्ना गितहरु मार्फत लाेक प्रिय बन्दै गएका गायक रावलले क्यासेट हरु टेपरिकाेट मार्फत सुन्ने प्रविधि हराउँदै गए पछि उनले आफ्ना गाैड्या भेट र सुदुर पश्चिम ढक मक्क फुलि नामक लाेक देउडाका दुईटा अडियो भिडियो बजारमा संगै ल्याए ।
जुन गित रावलका मेचीदेखि महाकाली सम्म निकै लाेक प्रिय र चर्चित रहे, तत्कालीन समयमा प्रबिधिका कारण सेलाएकाे देउडा गितमा र देउडाकाे क्षेत्रमा सुदुरका कलाकारमा समेत उनका गितले जागरण ल्यायो ।
यति मात्र नभएर उनले २०७५ काे उत्कृष्ट देउडा गायककाे रुपमा ओएस नेपाल म्युजिक अवार्ड समेत हात पारे, संगै २०७५ मा नै उनि सुदुर पश्चिम सरकार बाट संगीत बिधा तर्फबाट पहलमान सिंह स्वार स्रष्टा पुरुस्कार बाट सम्मानित भए ।
देउडा क्षेत्रमै उनले विभिन्न समयमा संगित तर्फका दर्जन बढी सम्मान र पुरुषकार हात पर्न सफल भएका रावलले दर्जनाै लाेक देउडाका चर्चित अडियो भिडियोहरु बजारमा ल्याएका छन ।
सुदुरकाे माैलिक भाषा, कला, संस्कृति र साहित्यकाे उजागर मात्र नगरेर उनले सुदुर पश्चिमकाे धार्मिक, सामाजिक, र सांस्कृतिक पर्यटनमा समेत देउडा गित संगित मार्फत याेगदान पुर्याउनु भएको सुदुरका दर्शकहरु बताउछ ।

भिडियोमा हेर्नुहाेस – झल्को रयाकाे गीत :-…………

Leave A Reply

Your email address will not be published.