नेपाली कम्युनिस्ट पार्टी अछामको बृहत एकता सन्देश सभा मंसिर २६ गते हुने

तयारी बैठक मङ्गलसैनमा सम्पन्न, ९ वटा उपसमिति गठन

Kirci Gyan Kendra

अछामः नेपाली कम्युनिस्ट पार्टी अछामले मंसिर २६ गते हुने बृहत एकता सन्देश सभाकाे तयारीलाई तीव्रता दिँदै मंगलसैनमा तयारी बैठक सम्पन्न गरेको छ । पार्टीका नेता तथा संविधानसभा सदस्य शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको उक्त बैठकमा पूर्वमन्त्री तथा पार्टी नेता शेरबहादुर कुवर प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

Samajik New Add 2082

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुवरले आगामी निर्वाचनमा नेकपा देशको पहिलो शक्ति बन्ने दाबी गर्दै एकतालाई सुदृढ रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । बैठकमा केन्द्रीय नेता रामप्रसाद तिमिल्सिना, भरत साउद, झपट साउद, मदन भुल, गोबिन्द कुवर, नन्द साउद, केशरी रेग्मी, प्रकाश शाह, जानकी साउद लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Saud Agro Kailash

बैठकले एकता सन्देश सभालाई सफल बनाउन विभिन्न ९ वटा उपसमिति गठन गरेको छ । जसमा कुलबहादुर कुवरको संयोजकत्वमा आर्थिक उपसमिति, मदन भुलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, प्रकाश शाहको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, शिव बोगटीको संयोजकत्वमा स्वयंसेवक उपसमिति, राम प्रसाद तिमिल्सिनाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति,  गोबिन्द कुवरको संयोजकत्वमा अतिथि सत्कार उपसमिति,  झपट साउदको संयोजकत्वमा जनसम्पर्क (मास परिचालन) उपसमिति, निर्मला साउदको संयोजकत्वमा साँस्कृतिक उपसमिति र केशरी रेग्मीको संयोजकत्वमा जुलुस व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बैठकले अछाम जिल्लाका सबै पालिकामा मंसिर २२ र २३ गते बैठक आयोजना गर्ने निर्णय समेत गरेको छ । मंसिर २६ गते हुने एकता सन्देश सभालाई भव्य र सफल बनाउन पार्टीले तयारीलाई थप सुदृढ पारेको जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.