(कविता) लैङ्गिक हिंसा 

Kirci Gyan Kendra

♠  गोबिन्द राज ओझा (राजन )

Samajik New Add 2082
भेदभाव, अपहेलना, कुसंस्कार तोडनुपर्छ ।
मानव जाति एकै हौ चेतना सबैमा हुनुपर्छ ।
घरकी बुहारीलाई पनि छोरिको जस्तै सम्मान गर्नुपर्छ ।
समाजमा छोराछोरी बिच भेदभाव किन हुन्छ ?
सबै जना सचेत बनौ समाजमा ज्ञानको ज्योती छरौ ।
कुसंस्कार, कुसंस्कृति सबै मिलेर तोडाै ।
हत्या, हिंसा, बलत्कारलाई जरै बाट फाल्नुपर्छ ।
पुरूष र नारी बिचको विभेद हटनुपर्छ ।
नजन्मिदै गर्भमा छोरी मार्ने चलन हटनुपर्छ ।
चुप नबस्नुहोस अन्याय सँग लडनुपर्छ ।
जाग उठ नारी चेलिहरु अब जाग्नुपर्छ ।
Saud Agro Kailash
अब महिला, पुरुष स्वतन्त्र रुपले बाच्नुपर्छ ।
छोरी घरको अमुल्य गहना हुन सम्मान गर्नुपर्छ ।
दाइजो प्रथा यो समाज बाट हटनु पर्छ ।
सभ्य समाजको पहिचान बनाउनुपर्छ ।
घरेलु हिंसा किन हुन्छ चिन्ताको बिषय छ ।
हिंसा रहित समाज निर्माण गर्न कदम चाल्नुपर्छ ।
भेदभाव कसैलाई नगरौ यो कुरा सिक्नुपर्छ ।
संसारभरीका महिला पुरूष अब उठनुपर्छ ।
महिला ,पुरुषको हकहित सुधार हुँदै जानुपर्छ ।
समाजमा जहिले पनि राम्रो सन्देश छर्नुपर्छ ।
अब हातमा हात मिलाएर अगाडि बढनु पर्छ ।
अब लैङ्गिक हिंसाकाे अन्त्य गर्नुपर्छ ।
समानता तर्फ कदम अगाडि चाल्नुपर्छ ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.