जीवी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिगको तयारी पूरा

अछाम: अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ सुगालीस्थित थालाकोट खेलमैदानमा मंगलबारदेखि सुरु हुने जीवी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग का सम्पूर्ण तयारी पूरा गरिएको छ।

Samajik New Add 2082

आयोजकका अनुसार खेल मैदान पूर्ण रूपमा तयार भएपछि प्रतियोगिताको तयारी सम्पन्न भएको हो। पहिलो पटक स्व. गोकर्ण रावलको सम्झनामा आयोजना हुन लागेको यो प्रतियोगिताको मंगलबार बिहान ११ बजे बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी आयोजक जीवी मेमोरियलका सञ्चालक सुरज रावलले दिए।

प्रतियोगितामा अछामका १० स्थानीय तहअन्तर्गतका १४ माध्यमिक विद्यालयले आफ्नो टिम दर्ता गराएका छन्।

विजेता टोलीले रु. १ लाख, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५० हजार र तेस्रो हुने टोलीले रु. १५ हजार प्राप्त गर्नेछ। खेलाडीहरूको खाना–बसोबासको जिम्मेवारी सहभागी टिमकै रहनेछ भने आयोजकले निःशुल्क जर्सी सेट उपलब्ध गराउने जनाएको छ।


Leave A Reply

Your email address will not be published.