स्वर्गीय गोकर्ण रावलको सपना पूरा गर्न एकजुट हुनुपर्छ : बान्निगढी अध्यक्ष साउद
कालिकामा प्रथम जिवि मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु

अछाम: बान्निगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले स्वर्गीय गोकर्ण रावलले छोडेर गएका अधुरा काम पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएकाे छन । समग्र बान्निगढीको विकासका लागि रावलले गरेका संकल्प पूरा गर्न गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने अध्यक्ष साउदले स्पष्ट पार्नुभएकाे हाे ।

बान्निगढी जयगढ–५, कालिकास्थित थालाकोटमा मंगलबारदेखि सुरु भएको प्रथम जिवि मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिगको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष साउदले गाउँपालिकाबाट आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयाे ।

कार्यक्रम जिवि मेमोरियलका अध्यक्ष सुरज रावलको अध्यक्षतामा सम्पन्न भएकाे हाे । सो अवसरमा विशिष्ट अतिथि तथा मंगलसेन नगरपालिकाकी उपप्रमुख सङ्गीता रावल सोडारीले विद्यालय तहका विद्यार्थिका लागि प्रतियोगिता ‘कोसेढुङ्गा’ सावित हुने बताउनुभयाे । विद्यालय क्रिकेट खेललाई प्रोत्साहन दिएकोमा उनले आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयाे । थालाकोट खेलमैदान अझै पनि आवश्यक भौतिक संरचनाबाट वञ्चित रहेको उल्लेख गर्दै उनले संरचना निर्माणमा सबैको ध्यानाकर्षण गराउनुभयाे ।
कार्यक्रममा बान्निगढी जयगढ गाउपालिका वडानम्वर ५ का अध्यक्ष टंक बहादुर साउद लगायतका अतिथि रहनुभएकाे थियोे भन समाजसेवी दानबहादुर रावलले मन्तव्य राख्दा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा शिक्षकलगायतका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रमकै अवसरमा जिल्लाका विभिन्न स्थानीय तहका १२ माध्यमिक विद्यालयका खेलाडीलाई खेल पोशाक हस्तान्तरण गरिएको थियो ।
जिवि मेमोरियलका डाक्टर लब रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिरेन्द्र रावलले गर्नुभएकाे थियोे ।


