छिमेक लघुवित्तकाे आयोजनामा  मंगलसेनमा ४ दिने उद्यमशीलता तालिम सम्पन्न

अछाम – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मंगलसेनको आयोजनामा चार दिनसम्म सञ्चालन गरिएको उद्यमशीलता विकास तालिम  सम्पन्न भएको छ । मंगलसेनमा मिति २०८२ मंसिर २० गतेदेखि सुरु गरिएको तालिम मंसिर २३ गते औपचारिक रूपमा सम्पन्न गरिएको हो ।

Samajik New Add 2082

छिमेक एकाडेमीको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिममा विभिन्न समूहमा आवद्ध ४३ जना सदस्यहरूले सहभागिता जनाएका थिए ।

तालिमको उद्देश्य सदस्यहरूलाई उद्यमशीलता कौशल विकास गरी साना तथा घरेलु व्यवसायमा प्रोत्साहन गर्ने रहेको शाखाले जनाएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक कार्यक्रमअनुसार यो तालिम आयोजना गरिएको छिमेक लघुवित्त वित्तीय संस्थाका मंगलसेन शाखा प्रमुख वीर बहादुर मगरले जानकारी दिनुभयो ।

शाखा प्रमुख मगरले तालिममा उद्यमी बन्ने अठोटसहित सहभागी भएका सम्पूर्ण सदस्यहरूलाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै सीप तथा सीपअनुसारको व्यवसाय विस्तारमा संस्थाले निरन्तर साथ दिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.