प्रथम जिवि मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि शान्ति मावि मार्कुलाई

Kirci Gyan Kendra

अछाम । बान्निगढी जयगढ गाउँपालिका–५ थालाकोटमा सम्पन्न प्रथम जिवि मेमोरियल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि शान्ति माध्यमिक विद्यालय, मार्कुले हात पारेको छ।

Samajik New Add 2082

आज सम्पन्न फाइनल खेलमा शान्ति मावि मार्कुले बर्चहिल एकेडेमी, साफेबगरलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो। टस हारेर पहिले ब्याटिङ गरेको साफेबगरले निर्धारित १२ ओभरमा ९ विकेट गुमाउँदै ८१ रन मात्र बनाउन सक्यो। ८२ रनको लक्ष्य पछ्याएको मार्कुले ७ ओभरमै २ विकेट गुमाउँदै सहज जित दर्ता गर्‍यो।

Saud Agro Kailash

उपाधिसँगै शान्ति मावि मार्कुले नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा सीमित बर्चहिल एकेडेमी, साफेबगरले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगिताको सान्त्वना पुरस्कार नन्दा माध्यमिक विद्यालय, कालिकाले प्राप्त गरेको छ।

त्यसैगरी प्रतियोगितामा म्यान अफ द सिरिज, म्यान अफ द म्याच, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, अनुशासित टिम तथा उत्कृष्ट अम्पायरलाई समेत पुरस्कृत तथा सम्मान गरिएको थियो। सो अवसरमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने प्रतियोगिता सफल पार्न सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै स्वर्गीय व्यक्तिप्रति सम्मानस्वरूप मरणोपरान्त कदरपत्र आफन्तलाई हस्तान्तरण गरिएको थियो।

जिवि फाउन्डेसनका संस्थापक सुरज रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद प्रमुख अतिथि रहनु भएको थियो। मंगलसेन नगरपालिका उपप्रमुख सङ्गिता रावल सोडारी विशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिका–४ का अध्यक्ष किरण खत्री, वडा नम्बर–५ का अध्यक्ष टंकबहादुर साउद, बुद्धिजीवी परिषद अछामका अध्यक्ष भरत सोडारी, समाजसेवी रतन रावल, महिला प्रतिनिधि राधा रावललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कमल रावलले गर्नु भएको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.