पञ्चदेवल विनायक नगरपालिकामा उच्च शिक्षा अध्ययनरत छोरी–बुहारीलाई छात्रवृत्ति, आवेदन खुला

अछाम: पञ्चदेवल विनायक नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि उच्च शिक्षा अध्ययनरत छोरी तथा बुहारीहरूलाई लक्षित गर्दै छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ।

Samajik New Add 2082

नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार नगरपालिकामा स्थायी रूपमा बसोबास गर्ने तथा पञ्चदेवल क्याम्पस र अछाम जिल्लाभित्रका क्याम्पसहरूमा स्नातक तह र सोभन्दा माथिल्लो तहमा अध्ययनरत छोरी–बुहारीहरू छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।

सूचनाअनुसार छोरी–बुहारी छात्रवृत्ति छनोट मापदण्ड २०८२ अनुसार लाभग्राही छनोट गरिनेछ। इच्छुक तथा योग्य विद्यार्थीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्नुपर्नेछ।

आवेदन पेश गर्दा आवश्यक कागजातहरूमा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, आर्थिक रूपमा कमजोर, एकल महिला, दलित, जनजाति, अपाङ्गता वा जेहेन्दार भएको वडा कार्यालयको सिफारिस पत्र, सम्बन्धित वडा कार्यालयबाट वार्षिक आय खुल्ने सिफारिस पत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र अध्ययनरत क्याम्पसको सिफारिस पत्र माग गरिएको छ ।

नगरपालिकाले छात्रवृत्तिमार्फत छोरी–बुहारीको उच्च शिक्षा पहुँच विस्तार, महिला सशक्तीकरण तथा शिक्षामा समान अवसर प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.