मङ्गलसेन नगरस्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु

नगरप्रमुख बाेहरा द्वारा प्रतियोगिताको उदघाटन

Kirci Gyan Kendra

अछाम:
मङ्गलसेन नगरपालिका, अछामको आयोजनामा नगरस्तरीय १६औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन एक औपचारिक समारोहका बीच मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले गर्नुभएको हो।

Samajik New Add 2082

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पदमबहादुर बोहराले खेलकुद क्षेत्रको विकासलाई मङ्गलसेन नगरपालिकाले दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढाइरहेको बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकास मात्र नभई अनुशासन, नेतृत्व क्षमता र राष्ट्रिय भावना विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।नगरप्रमुख बोहराले राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामार्फत स्थानीय तहबाटै सक्षम खेलाडी उत्पादन भई उनीहरूलाई प्रदेश र राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उद्घाटन समारोहमा नगर उपप्रमुख संगीता कुमारी रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत खम्मबहादुर केसी सहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, सामाजिक संघ–संस्थाका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, पत्रकार तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Saud Agro Kailash

नगरपालिका सामाजिक विकास समितिका संयोजक बिर्खबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा वडा नं. ५ का वडा अध्यक्ष झंकरप्रसाद भाटले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगरपालिकाको शिक्षा शाखा प्रमुख दीपक बहादुर भण्डारीले गर्नुभएको थियो।

नगरपालिकाभित्र रहेका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा अछाम क्याम्पसबाट समेत सहभागिता रहेको छ।

प्रतियोगिताले विद्यालय तहका विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि विकास गर्नुका साथै अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धी भावना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

खेलकुद प्रतियोगिताको पहिलो दिन विभिन्न खेल विधाहरू सम्पन्न भएका छन्।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.