नर्मदेश्वर शिवालय कुटीमा माघी मेला तथा विशेष पूजापाठ हुने

Kirci Gyan Kendra

मङ्गलसेन (अछाम) — नर्मदेश्वर धार्मिक वन उपभोक्ता समूह, मङ्गलसेन नगरपालिका–३ कुटीको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। सामुदायिक वनका अध्यक्ष शिव बोगटीको अध्यक्षतामा सम्पन्न बैठकले माघ १ गते नर्मदेश्वर शिवालय मन्दिरमा विशेष पूजापाठ सञ्चालन गर्ने र माघी मेला विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

Samajik New Add 2082

बैठकका निर्णयअनुसार, हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाड माघीको अवसरमा पुष ३० गते बेलुकी मुढा बाल्ने कार्यक्रम राखिएको छ। त्यसैगरी माघ १ गते बिहानदेखि दिउँसो १२ बजेसम्म पूजाआराधना गरिनेछ भने त्यसपछि परम्परागत देउडा खेल आयोजना गरिनेछ।

Saud Agro Kailash

कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ। जस अनुसार कर्णबहादुर धामीको संयोजकत्वमा मूल आयोजक समिति, होमबहादुर साउदको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, नन्दकला बोगटीको संयोजकत्वमा प्रसाद व्यवस्थापन उपसमिति, गोपाल बोगटीको संयोजकत्वमा सांस्कृतिक उपसमिति, भ्वानसिंह बोगटीको संयोजकत्वमा सामग्री व्यवस्थापन उपसमिति, मिनबहादुर बिष्टको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ।

समितिले माघी मेला विशेष कार्यक्रम तथा देउडामा सहभागिता जनाउन, साथै कार्यक्रममा उपस्थित भई प्रसाद ग्रहण गर्न सम्पूर्ण श्रद्धालु, स्थानीयवासी तथा सराेकारवालाहरुलाई आग्रह गरेको छ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नर्मदेश्वर शिवालय कुटीमा पहिलोपटक आयोजना हुन लागेको माघी मेला र विशेष पूजापाठलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको समितिले जनाएको छ।

बैठकमा सल्लाहकार समिति संयोजक बृकेश सिंह बोगटी, समितिका सम्पूर्ण पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको वन उपभोक्ता समूहका सचिव कर्णबहादुर धामीले जानकारी दिनुभयो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.