वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गर्दै मालिका सामुदायिक सिकाई केन्द्र

मालिका सामुदायिक सिकाई केन्द्र मङ्गलसिंह १ को बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। सिकाई केन्द्रका अध्यक्ष होमबहादुर साउदको अध्यक्षतामा भएको बैठकले यही माघ १० गतेका दिन संस्थाको वार्षिक साधारण सभा सँगै विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको हाे।

Samajik New Add 2082

जस अन्तर्गत संस्थाको नियमित वार्षिक साधारण सभा गरिनेछ भने सोही अवसरमा सिकाई केन्द्रले निर्माण गरेका परम्परागत औजारहरु (काेल, ओखल र जुतारो) काे औपचारिक सञ्चालन तथा सिकाई केन्द्र परिसरमा बगैँचा स्थापना गर्न लागिएको छ।

यसैगरी सिकाई केन्द्रले गत वर्ष जस्तै यो वर्ष पनि कुन्ती माविबाट नगरस्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा सहभागी भई पदक विजेता र जिल्ला स्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडी विद्यार्थीहरुलाई प्रोत्साहन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम समेत गर्न लागिएको छ।

शनिबार सम्पन्न बैठकले कार्यक्रमको तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ। जसमा हंशकुमारी थापा रानाको संयोजकत्वमा प्रसाद व्यवस्थापन उपसमिति, मनिराम थापाको संयोजकत्वमा बगैंचा स्थापना तयारी उपसमिति, गोपाल थापाको संयोजकत्वमा अतिथि सत्कार तथा सामग्री व्यवस्थापन उपसमिति र एकेन्द्र थापाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएका हुन्।

बैठकमा वडाध्यक्ष लोकराजनाथ र पूर्व वडाध्यक्ष तथा सिकाई केन्द्रका सल्लाहकार गोपाल थापा लगायत सिकाई केन्द्रका पदाधिकारीहरू र आजीवन सदस्यहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.