मालिका सामुदायिक सिकाइ केन्द्रले समाज रूपान्तरणमा उदाहरणीय काम गरिरहेकोः प्रमुख प्रशासकीय अधिकृत सोडारी

सिकाइ केन्द्र द्वारा खेलाडी सम्मान सहित विविध कार्यक्रम सम्पन्न

Kirci Gyan Kendra

मङ्गलसैन, १० माघः

Samajik New Add 2082

मालिका सामुदायिक सिकाइ केन्द्र, मङ्गलसैन नगरपालिका–१ ले आफ्नो वार्षिक साधारणसभाको अवसर पारेर परम्परागत प्रविधिका साधन सञ्चालन, खेलाडी विद्यार्थी सम्मान तथा बगैंचा स्थापना कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रले समुदायमा सीप, संस्कृतिको संरक्षण र युवाको हौसला अभिवृद्धि गर्ने उद्देश्यसहित विविध रचनात्मक कार्यक्रमहरू आयोजना गरेको हो।

कार्यक्रम अन्तर्गत सिकाइ केन्द्रको कार्यालय परिसरमा निर्माण गरिएको परम्परागत कोल, ओखल र जुतारोलाई विधिवत रूपमा सञ्चालनमा ल्याइएको छ। स्थानीय संस्कृति र परम्परागत सीपको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएका यी साधनहरूको उद्घाटनसँगै कार्यालय परिसरमै विभिन्न फूल तथा बिरुवा रोपेर बगैंचा स्थापना गरिएको छ।

त्यसैगरी केन्द्रको आयोजनामा कुन्ती माध्यमिक विद्यालयबाट नगरस्तरीय रनिङ सिल्ड प्रतियोगितामा सहभागी २८ जना खेलाडी विद्यार्थीलाई गलबन्दी र स्टेशनरीसहित सम्मान गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने स्वर्ण पदक विजेता विकास थापा, रजत पदक विजेता रिता थापा, लक्ष्मी नाथ, संविधान थापा तथा कास्य पदक विजेता चेतना साउदलाई नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरिएको थियो। साथै जिल्ला स्तरीय प्रतियोगिताका लागि छनोट भएका शिरिष बिक र कृतिका रानालाई पनि प्रशंसापत्र प्रदान गरिएको छ। यस्तै कुन्ती मावि, खेल शिक्षक दिलिप थापा र सिता नाथलाई दोसल्ला र डायरी सहित सम्मान गरिएको कार्यक्रममा परम्परागत कोल निर्माणमा संलग्न कालिगढ कल्लान सिंह थापालाई ढाकाटोपी, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

Saud Agro Kailash

सिकाइ केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मङ्गलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले मालिका सामुदायिक सिकाइ केन्द्रले समाज रूपान्तरण, सामाजिक सचेतना र नवप्रवर्तनका क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको उल्लेख गर्नुभयो। केन्द्रले सञ्चालन गर्दै आएका कार्यक्रमहरूबाट समुदायमा सकारात्मक परिवर्तन देखिएको भन्दै यस्ता गतिविधिमा नगरपालिकाबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विशेषगरी युवा खेलाडी सम्मान जस्ता कार्यक्रमले उनीहरूमा थप हौसला, आत्मविश्वास र उत्प्रेरणा बढाउने बताउँदै यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा वडा अध्यक्ष लोकराज नाथ बिशिष्ट अतिथि रहनुभएको थियो भने  कार्यपालिका सदस्य हंश थापा (राना), वडा सदस्य चन्द्रकला जैगडी, पूर्व वडा अध्यक्ष गोपाल थापा, नेपाली कांग्रेसका शेर बहादुर थापा, नेकपा माओवादीका दिपेन्द्र जैगडी, कुन्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम ढुंगाना, वडा नं. १ का सचिव हिरण्ड नाथ, मालिका आधारभूत विद्यालयकी प्रधानाध्यापक पम्फा रावल, जाल्पादेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक रेखा नेपाली, प्रगतिशील आधारभूत विद्यालयकी प्रधानाध्यापक चन्द्रकला बिष्ट, कालिका सामुदायिक वनका अध्यक्ष गोपाल जैगडी, युवा समाजसेवी एकेन्द्र थापा, र एकेन्द्र नाथ  लगायतका अतिथि रहनुभएको थियो ।

स्थानीय समाजसेवी, युवा, विद्यार्थी, सिकाई समूहका सदस्यहरू, आजीवन सदस्य लगायत सरोकारवालाको उल्लेखनिय सहभागिता रहेको कार्यक्रममा कार्यक्रममा आजीवन सदस्यको तर्फबाट बिर्ख बहादुर रानाले मन्तव्य राख्नुभएको थियो। सिकाइ केन्द्रका उपाध्यक्ष मनिराम थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सदस्य कमलबहादुर थापाले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष साउदले पेश गरेको ४ लाख ९१ हजार ६ सय ३९ रूपैयाँ बराबरको आय व्यय सहितको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

केही तस्बिरहरूः

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.