प्रजातन्त्र दिवसको अवसरमा अछाम जेसीजद्धारा बिरामीलाई फलफूल वितरण

७६ औं प्रजातन्त्र दिवसको अवसरमा जिल्ला अस्पताल मंगलसेन अछाममा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको छ । अछाम जेसीज बर्ष २०२६ को आयोजनामा अस्पतालमा भर्ना भएका २५ जना बिरामीलाई फलफूल वितरण गरिएको हो ।

Samajik New Add 2082

अछाम जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी जितमान बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला अस्पताल अछामका नर्सिङ ईन्चार्ज तथा सुचना अधिकारी गंगा बुढनमगरले जेसीजले हरेक दिवस तथा कार्यक्रममा सकारात्मक कार्य गर्दै आएकोमा प्रसंसा गर्नु भयो ।
आगामी दिनमा पनी स्वास्थ्य क्षेत्रका समस्यालाई बुझ्दै सहकार्य र समन्वयको पाटोलाई अघि बढाउदै जानुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बर्ष २०२० का अध्यक्ष तथा २०२६ का बोर्ड निर्देशक जेसी तुलाराम बिसीले जेसीज युवाहरूको जमात भएकाले हरेक युवा सकारात्मक हुदै अघि बढनुपर्ने बताए  । समाज परिवर्तनको जिम्मा जेसी युवाको काधमा भएकाले परिवर्तनको सम्वाहक बन्न आग्रह गर्नुभयो ।

फलफूल वितरण कार्यक्रममा अछाम जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी अमर न्यौपाने, २०२३ का अध्यक्ष जेसी टेक बहादुर थापा, बर्ष २०२६ का कोषाध्यक्ष जेसी कमल रावल, उपाध्यक्ष जेसी दिपक खत्री, सहसचिव जेसी नरेश थापाको सहभागीता रहेको थियो ।

कार्यक्रमको संचालन महासचिव जेसी आनन्द साउदले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.