साताको पहिलो दिन सेयर बजार ७१ अंकले बढ्यो

Kirci Gyan Kendra

काठमाण्डौ, २७ भदौ ।

Samajik New Add 2082

लगातार घटिरहेको सेयर बजार साताको पहिलो दिन बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज शेयर बजार ७१.४३ अंकले बढेको हो।

शेयर बजार २.४८ प्रतिशतले बढ्दा नेप्से परिसूचक २ हजार ९ सय ४७.४२ अंकमा उक्लिएको छ। गत हप्ता भने एक दिन शेयर बजार बढे पनि बाँकी दिन भने घटेको थियो।

Saud Agro Kailash

नेप्सेका अनुसार आज १ करोड ७१ लाख ३ सय ३३ कित्ता शेयर ९ अर्ब ४४ करोड ३५ हजार २४४ रुपैयाँमा कारोबार भएको छ। आज म्युचल फण्ड बाहेक सबै समुहमा हरियाली छाएको छ।

बैंकिङ समूह २४.२ अकं, ट्रेडिङ ४२ अंक, होटलस् एण्ड टुरिजम ७७.४८ अंक, डेभलपमेन्ट बैंक समूह २७३.५२ अंक, हाइड्रो समूह २१३.५४ अंक, फाइनान्स ११४.९७ अंक, नन् लाइफ इन्स्योरेन्स समूह ४२४.७७ अंक, म्यानुफ्याक्चर एण्ड प्रडक्ट २९९.६९ अंक, अन्य १८.२२ अंक, माइक्रो फाइनान्स् ११३.६५ अंक, लाइफ इन्स्योरेन्स समूह २९७.७१ अंक र इन्भेष्टमेन्ट बैंक २.३५ अंकले बढेको छ।

म्युचल फण्ड समूह ०.०५ अंकले घटेको छ भने सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समुह ४२४.७७ अंकले बढेको छ।

 

-देशसञ्चारबाट

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.