मंगलसेन नगरपालिका द्वारा एकल तथा विपन्न महिलाका लागि व्यावसायिक तालिम प्रदान

गणेश थापा, मंगलसेन:-

Samajik New Add 2082

मंगलसेन नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा एकल तथा विपन्न महिलाहरूका लागि सञ्चालन गरिएको तीनदिने व्यावसायिक तालिम सम्पन्न भएको छ। तालिममा नगरपालिकाका १४ वटै वडाबाट ३० जना एकल तथा विपन्न महिलाहरूको सहभागिता रहेको थियो।

मंगलसेन नगरपालिकाको सभाहलमा आयोजित तालिम समापन कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख संगिता कुमारी रावल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगाना, महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख मञ्जु महत, तालिम प्रशिक्षक कमल बहादुर थापा तथा राम बहादुर बुढाको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा बोल्दै वक्ताहरूले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए। तालिमले सहभागी महिलाहरूलाई स्वरोजगार तथा आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका महिलाहरूको सशक्तीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। सहभागी महिलाहरूले तालिम उपयोगी तथा व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्।

Leave A Reply

Your email address will not be published.