मालिका विकास संघको २८ औं साधारण सभा सम्पन्न

Kirci Gyan Kendra

कमल रावल, अछाम २८ कार्तिक ।

Samajik New Add 2082

मालिका विकास संघ नेपाल अछामको २८ ओेँ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ अध्यक्ष हेम विश्वकर्माको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन अछाम क्षेत्र नम्बर २ का सासंद यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बोगटीले समाज परिवर्तनमा संस्थाको भुमिका अग्रणी रहनु बताउनु भयो । संस्थाले लिएको ध्येय उद्देश्य प्राप्तिका लागि लक्ष्य अनुरुप काक गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले वास्तविक वर्गको उत्थान र वृद्धि बिकासका लागि संस्थाले गर्ने काम प्रभावकारी हुनुपर्नेमा जोड दिनु भयो । अर्का बिशिस्ट अतिथि मालिका बिकास संघका संस्थापक अध्यक्ष दान बहादुर रावलले संस्था दर्ताको समयलाई स्मरण गर्दै हाल थुप्रै उपलब्धि हासिल गरेकोमा खुशि ब्यक्त गर्नु भयो । आगामि दिनमा हरेक क्षेत्रबाट आउने सुझावलाई आत्मसाथ गर्दै संस्था अघि बढनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा बान्निगढी जयगढ गाउपलिकाका अध्यक्ष राजेन्द्र बहादुर खडका, गैसस महासंघ अछामका अध्यक्ष टंक प्रसाद ढुंगानाले शुभकामना मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा संस्थालाई यहासम्म पुर्‍याउन योगदान पुर्‍याउने संस्थापक अध्यक्ष तथा सदस्यलाई सम्मान समेत गरिएको छ । संस्था मार्फत संचालित विभिन्न परियोजनाको प्रगति तथा भावि योजनाका बारेमा परियोजना संयोजकले जानकारी गराएका थिए । सभामा संस्थाको प्रगति प्रतिवेद र आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशर रावल प्रस्तुत गर्नु भएको थियो ।

Saud Agro Kailash

२५ जना आजिवन र ४७ जना साधारण गरि ७२ जना सदस्य रहेको संस्थाको बन्दसत्रले आगामि ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ । उपाध्यक्ष राधा रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव ज्ञानेन्द्र रावलले गर्नु भएको हो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.