तेस्रो बान्नीगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आजका खेल नहुने

Kirci Gyan Kendra

कालिकाको थालाकोट खेलमैदानमा जारी तेस्रो बान्नीगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो दिन विहीवार ३ टिम प्रतियोगिताबाट बाहीरिएका छन । लिग चरणका दुईटै खेलमा पराजित भएपछी मंलासैनी युवा क्लब ओलिगाउ र नन्दा माध्यामिक विद्यालय कालिका र बाई टिमको रुपमा रहेको दर्नाले खेल नखेली वाक ओभर दिएपछी ३ टिम प्रतियोगिताबाट बाहीरिएका हुन ।

Samajik New Add 2082
Saud Agro Kailash

बिहिवार आज सम्पन्न खेलमा आयोजक कालिका युवा संञ्जाल बान्नीगढी ५, टँक स्मृती युवा क्लब जुपु र दिपक युवा क्लब कालिका विजयी भएका छन । प्रतियोगितामा आयोजक कालिका र दिपक युवा क्लब स्पष्ट २ जित निकाल्न सफल भएपछी दोस्रो चरणमा प्रवेश गरेका छन ।

प्रतियोगिताको चौथो दिन भोली प्रतियोगितामा कुनैपनी खेल नहुने आयोजकले जनाएको छ । बान्नीगढी जयगढ गाउपालिकाको वडा नम्बर १ गाज्रामा डौठेगठा दशैँ मेलालाई मध्येनजर गर्दै १ दिनलाई खेल रोक्ने निर्णय भएको आयोजक कमिटीका खेम रावलले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ३१ हजार सहीत कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमले नगद ६० हजार सहीत कप, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.