उपाधिका लागि आयोजक कालिका र रिडिकाेट भिड्ने

जिल्लाकाे कालिकामा जारी तेस्रो बान्निगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि आयोजक कालिका युवा संजाल कालिका र रिडिकोट युवा क्लब रिडिकोट भिडिने भएका छन ।

Samajik New Add 2082

थालाकोट खैल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा दिपक युवा क्लब कालिकालाई पराजित गर्दै रिडिकोट फाईनलमा प्रबेश गरेको हो भने दोस्रो सेमिफाइनल खेलमा कैलाशजल क्रिकेट टिम कैलाशखोलालाई पराजित गर्दै आयोजक कालिका फाईनलमा प्रवेश गरेको हो ।

फाईनल खेल भोलि सोमबार बिहान १२ बजे हुने र प्रतियोगिताको समापन समेत भोलि नै गरिने आयोजक कमिटीमा कृष्ण रावलले जानकारी दिनु भयो ।

यस अघि वलिगाउ र रिडिकोटमा भएका जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा प्रथम भएको रिडिकोट यो तेस्रो प्रतियोगिता समेत आफ्नो पोल्टामा पार्ने तयारीमा छ भने आयोजक कालिका युवा संजाल अन्तिम उपाधिमा पुगेकाले आफू जित्ने तयारीमा छ ।

यसअघि प्रतियोगिताको लिग चरणको खेलमा कालिका रिडिकोटसँग पराजित भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ३१ हजार सहीत कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमले नगद ६० हजार सहीत कप, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

Leave A Reply

Your email address will not be published.