बैतडी जीप दुर्घटना: घाइते चालकको पनि मृत्यु, मृतकको संख्या ६ पुग्यो

धनगढी: बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा गम्भीर घाइते भएका चालकको पनि मृत्यु भएको छ।

Samajik New Add 2082

जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव निरिक्षक रमेश बहादुर पालले बताएका छन्।

उनका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या६ जना पुगेको छ। दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा परेर घाइते भएका दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्दलाइ पनि उपचारका लागि धनगढी रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव निरिक्षक रमेश बहादुर पालका अनुसार जीप ओरालो बाटोमा अनियन्त्रित भएर दुर्घटना भएको खुलेको छ।

जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटना भएको थियो।

-dineshkhabar

Leave A Reply

Your email address will not be published.