तेस्रो बान्निगढी प्रिमियर लिग क्रिकेट उपाधि आयोजक कालिकालाई

Kirci Gyan Kendra

तेस्रो बान्निगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि स्वयम आयोजक कालिका युवा संजाल कालिकाले हात पारेको छ ।
सोमबार भएको फाईनल खेलमा रिडिकोट युवा क्लब रिडिकोटलाई ४ विकेटले पराजित गर्दै आयोजक कालिका उपाधि जित्न सफल भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

टस हारेर पहिले ब्याटिग गरेको रिडिकोटले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । जवाफमा कालिकाले १३ ओभर ४ बलमा ६ विकेटको क्षतिमा १ सय ३७ रन बनाउदै उपाधि जितेको हो ।

प्रथम कालिकाले नगद १ लाख ३१ हजार सहित कप, मेडल, प्रमाणपत्र पाएको छ रिडिकोटले ६० हजारमा चित्त बुझाएको छ ।
प्रतियोगितामा फाईनल खेलमा उत्कृष्ट खेल खेलेक तेज बिष्ट म्यान अफ द म्याच घोषित भए भने प्रतियोगिता भरि उत्कृ्ष्ट प्रदर्शन गरेका धिरेन्द्र चन्द म्यान अफ सिरिज घोषित भएका छन ।

कालिका संजालका अध्यक्ष मिन साउदको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष लाल कामि रहनु भएको थियो । भने वडा सदस्य दान बहादुर रावल बिशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रमको संचालन खेम रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.