बिप्लव नेतृत्वको नेकपा द्धारा मंगलसेनमा एम. सि. सि. बिरुद्द प्रदर्शन

Samajik Bal biwaha

अछाम, २७ भदौ ।

Mangalsen Mun Anurodh

नेत्रबिक्रम चन्द बिप्लव निकट नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा एम.सि.सि. बिरुद्द मंगलसेनमा प्रदर्शन गरिएको छ । पार्टिको पूर्वनिर्धारित कार्यक्रम अन्तरगत सदरमुकाम मंगलसेनमा बिरोध प्रदर्शन गरिएको हो ।

पार्टीका नेता कार्यकर्ताको उपस्थितिमा सदरमुकाम मंगलसेनमा “एम.सि.सि. सम्झौता खारेज गरौं” लेखिएका बेलुन र कालो ब्यानर उडाईएको थियो ।  सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी अछामका सचीव तपेन्द्र तिमिल्सेना , पार्टी जिल्ला सचिवालय सदस्य निरक शाही , कमलबजार नगरपालिकाका इन्चार्ज यकेन्द्र नाथ , अखिल (क्रान्तिकारी ) अछामका जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी , पार्टी सदस्य पुर्ण भन्डारी लगायतको सहभागीता थियो ।

सो पार्टीले यसअघि जल्लाको प्रमुख ब्यापारिक क्षेत्र साँफेबगर लगायतका स्थानमा पनि एम. सि. सि. बिरुद्द बिरोध कार्यक्रम गरिसकेको अखिल क्रान्तिकारीका अध्यक्ष दिपेन्द्र जैगडीले जानकारि दिनुभयो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.