एकेन्द्र विकको अध्यक्षतामा १४ सदस्यीय नेराशि संगठन मंगलसेन नगर समिती चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन मगंलसेन नगर समितीको तेस्रो नगर अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नगरका कार्यवाहक अध्यक्ष धनकला ठकुल्ला बोहराको अध्यक्षतामा भएको अधिबेशनले एकेन्द्र विक अध्यक्ष रहने गरि १४ सदस्यिय नगर समिती चयन गरेको हो ।

Samajik New Add 2082

जसमा उपाध्यक्ष चक्र बहादुर बोहरा, धनकला ठकुल्ला बोहरा, सचिव लक्ष्मण प्रसाद रेग्मी, कोषाध्यक्ष प्रकाश बहादुर हुडके, सहसचिव चन्द्रकला बिष्ट, कोषाध्यक्ष सीता नाथ लगाएतका सदस्य रहेका छन ।

साथै अधिबेशनमा संगठनका नगर अध्यक्ष तथा मंगला नेरा माविका प्रअ स्वर्गीय बम बहादुर थापाकी श्रीमती पार्वती थापालाई सम्मान पत्र सहीत नगद १० हजार रुपैयाँ प्रदान गरि सम्मान गरिएको थियो । स्वर्गीय थापाले संगठनलाई सृदृढ, सबल सहीत चलायमान र बिस्तारमा अग्रणी भुमिका निर्वाह गरेको भन्दै सम्मान सहीत उहाँकी श्रीमतीलाई नगद हस्तान्तरण गरिएको हो ।

साथै ज्ञानदिप आधारभुत विद्यालय मंगलसेनका सेवा निवृत प्रधानाध्यापक रंग बहादुर बोगटीलाई समेत सम्मान गरिएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक रत्न प्रसाद ढुगांना प्रमुख अतिथी रहनु भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष गिता ढुगांना, सचिव सर्पराज रिमाल बिशिष्ट अतिथी रहनु भएको थियो ।

कार्यक्रममा शिक्षक संगठन अछामका सदस्य भरत सोडारी, कर्ण धामी, शिक्षक महासंघ नगर समिती अध्यक्ष मदन बहादुर बोगटी लगाएतका अतिथी रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.