कमलबजारमा जारी क्रिकेट प्रतियोगिताको दोस्रो दिन ४ खेल सम्पन्न

Kirci Gyan Kendra

कमलबजारमा जारी प्रथम कमल रावत स्मृती खुल्ला क्रिकेट प्रतियोगिताको दोस्रो दिन आईतबार ४ खेल सकिएका छन । कमलबजारको एयरपोर्ट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनका खेलमा मंगलसेन नगरपालिका, मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउ, ढकारी गाउपालिका र सिद्धपाईला ठाटीखाँद गाउपालिका दैलेख विजयी भएका हुन ।

Samajik New Add 2082
Saud Agro Kailash

पहीलो खेलमा मंगलसेन नगरपालिकाले रामारोशन कालापानी क्लब रामारोशन, कालागाउले सिभिल ईञ्जिनीयरिगँ मंगला नेरा मावि वलिगाउ, ढकारी गाउपालिकाले नौघाटे स्पोर्ट क्लब र दैलेखले आयोजक कमल रावत स्मृती क्लब बिलाई पराजित गरेको हो ।

दैलेखका खेलाडी चेतन बोहराले प्रतियोगिताकै उत्कृष्ट ब्याटिँग गर्दै १० ओभरको खेलमा ब्यक्तिगत एक्लै १ सय २३ रन बनाएका आयोजक कमिटीका धिरज बहादुर रावतले जानकारी दिनु भयो ।

प्रतियोगिताको तेस्रो दिन सोमबार विहान ८ बजे पहीलो खेलमा कालिका युवा संञ्जाल बान्नीगढी जयगढ गाउपालिका ५ र सिद्धपाईला ठाटीखाँद गाउपालिका दैलेख भिड्ने बताईएको छ । सोमबार भोली पनी ४ खेल हुने आयोजकले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.