नेकपा माओवादी केन्द्र रामारोशन – १ को भेला नयाँ कमिटी गठन गर्दै सम्पन्न

अछाम, २७ भदौ ।

नेकपा माओवादी केन्द्र रामारोशन गाउँपालिकाको आम भेला नयाँ वडा कमिटी गठन गर्दै सम्पन्न भएको छ । लोकराज खनालको अध्यक्षतामा भएको भेलाले चक्र बहादुर साउदको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको हो ।

Everest Incitute

कमिटीको सचिवमा झनक खनाललाई चयन गरिएको छ । भेलाबाटै बिभिन्न जनवर्गीय संगठन पनि गठन गरिएको छ । जसमा दिपक साउदको अध्यक्षतामा ३५ सदस्यीय वाईसिएल,  चक्र साउदको अध्यक्षतामा १५ सदस्यीय किसान मोर्चा, रुपा रावलको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी र भ्वानसिंह लुहारको अध्यक्षतामा दलित मुक्ति मोर्चाको वडा कमिटी गठन गरिएको छ ।

भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा रामारोशन गाउँपालिका ईञ्चार्ज पहल साउद प्रमुख अतिथी रहनुभएको थियो । यस्तै पार्टीका नेता रबिन्द्र साउद, जिल्ला समन्वय समिति सदस्य खगेन्द्र साउद, वडा अध्यक्ष खडक बहादुर साउद, नेताहरु नरराज खनाल, तेज बहादुर साउद, बम बहादुर साउद लगायतका अतिथी रहनुभएको थियो ।

भरत साउदले स्वागत मन्तव्य राख्नुभएको भेलाको संचालन चक्र साउदले गर्नुभएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.