मंगलसेन, आयोजक कमलबजार र दैलेख सेमिफाईनलमा प्रवेश

अछामको कमलबजारमा जारी प्रथम कमल रावत स्मृति कप क्रिकेट प्रतियोगितामा ३ टिम सेमिफाईल पुुगेका छन । कमलबजारको एयरपोर्ट मैदानमा जारी प्रतियोगिताको चौथो दिन मंगलबार समुह ए बाट आफ्ना लिग चरणका ३ वटा खेलमा ३ वटै खेलमा जित निकाल्दै भिमपाईला स्पोर्ट ठाँटीखाँद गाउपालिका दैलेख सेमिफाईल पुुगेको हो भने समुह बि बाट आफ्ना लिग चरणका ३ वटै खेलमा विजयी हासिल गर्दै मंगलसेन नगरपालिका र आयोजक कमल रावत स्मृती क्लब आयोजक ए सेमिफाईनलमा प्रवेश गरेका छन ।


सेमिफाईनल पुुग्ने चौथो टिमको टुुँगो भोलि मात्रै लाग्ने छन । मंगलसेन, दैलेख र कमलबजार ३ वटै खेल जितेर सेमिफाईनल पुुगेतापनी विजेता र उपविजेताको रुपमा सेमिफाईनल खेल्ने टिमको टुुगो भोलि खेल खेलीसके पछी मात्र लाग्ने छ ।
दैलेख र अछामका १० टिम गरि ११ टिमको सहभागिता रहेको प्रतियोगिताबाट ५ टिम बाहीर सकेका छन । प्रतियोगिताका बाँकी लिग चरणका खेलहरु बुधबार भोली बिहान ८ बजेबाट संञ्चालन आयोजक कमिटीका धिरज रावतले जानकारी दिनु भयो ।

